१० लाख बढीको लागतमा सिमखर्क ब्यारेकमा बन्यो फुटबल मैदान

सल्यानको शारदा नगरपालिका ८ सिमखर्कमा रहेको सबुज गणमा फुटबल मैदान बनाइएको छ । स्थानीय पुर्वधार विकास साझेदारी कार्यक्रम अन्तरगत १० लाखको लागतमा फुटबल मैदान बनाइएको हो । मैदानको लागि सबुज गण सिमखर्क व्यारेकमा कार्यरत नेपाली सेनाले झण्डै ४ लाखको श्रमदान समेत गरेका थिए । फुटबल मैदानको सोमबार प्रतिनिधि सभाका सदस्य टेक बहादुर बस्नेतले गरेका छन् । सांसद बस्नेत सँगै जिल्ला न्यायधिस कुल प्रसाद पाण्डे, जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर विष्ट, शारदा नगरप्रमुख सुरेश अधिकारी, गणका प्रमुख सेनानी घनश्याम भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछाने, जिल्ला अनुसन्धान प्रमुख विनाेद दुवाडी लगाएतका व्यक्तीहरुले फुटबल खेलेर उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै सांसद बस्नेतले आफुले जिवनमा पहिलोपटक फुटबल खेलेको अनुभाव सुनाए । खेलका विभिन्न विधा हुने भन्दै उनले फुटबलको लागि शारदा नगरपालिका सँगै आसपासका क्षेत्रलाई यो मैदानले सहयोग गर्ने बताए । अब जुनसुकै खेलाडी आएर यहाँ खेल खेल्न सक्ने उनकाे भनाइ छ । स्थानीय पुर्वधार विकास साझेदारी कार्यक्रम अन्तरगत सल्यानमा परेका २४ वटा योजनामध्येको फुटबल मैदानको काम दोस्रो नम्बरमा सकिएको उनले जानकारी गराए । पहिलो नम्बरमा बागचौर नगरपालिका २ थारमारेको इप्रका फुलबारी लिफ्ट खानेपानीको काम सम्पन्न भएको उनले बताए । बाँकी २२ वटा योजनाका कामहरु केहि सुरु हुँदै, केहि समिती र टेण्डर प्रकृयामा रहेको उनले बताए । ५० लाख बजेटका ६ वटा योजना टेण्डर प्रकृयामा रहेको उनको भनाई छ ।

- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






