१० लाख बढीको लागतमा सिमखर्क ब्यारेकमा बन्यो फुटबल मैदान


सल्यानको शारदा नगरपालिका ८ सिमखर्कमा रहेको सबुज गणमा फुटबल मैदान बनाइएको छ । स्थानीय पुर्वधार विकास साझेदारी कार्यक्रम अन्तरगत १० लाखको लागतमा फुटबल मैदान बनाइएको हो । मैदानको लागि सबुज गण सिमखर्क व्यारेकमा कार्यरत नेपाली सेनाले झण्डै ४ लाखको श्रमदान समेत गरेका थिए । फुटबल मैदानको सोमबार प्रतिनिधि सभाका सदस्य टेक बहादुर बस्नेतले गरेका छन् । सांसद बस्नेत सँगै जिल्ला न्यायधिस कुल प्रसाद पाण्डे, जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर विष्ट, शारदा नगरप्रमुख सुरेश अधिकारी, गणका प्रमुख सेनानी घनश्याम भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछाने, जिल्ला अनुसन्धान प्रमुख विनाेद दुवाडी लगाएतका व्यक्तीहरुले फुटबल खेलेर उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै सांसद बस्नेतले आफुले जिवनमा पहिलोपटक फुटबल खेलेको अनुभाव सुनाए । खेलका विभिन्न विधा हुने भन्दै उनले फुटबलको लागि शारदा नगरपालिका सँगै आसपासका क्षेत्रलाई यो मैदानले सहयोग गर्ने बताए । अब जुनसुकै खेलाडी आएर यहाँ खेल खेल्न सक्ने उनकाे भनाइ छ । स्थानीय पुर्वधार विकास साझेदारी कार्यक्रम अन्तरगत सल्यानमा परेका २४ वटा योजनामध्येको फुटबल मैदानको काम दोस्रो नम्बरमा सकिएको उनले जानकारी गराए । पहिलो नम्बरमा बागचौर नगरपालिका २ थारमारेको इप्रका फुलबारी लिफ्ट खानेपानीको काम सम्पन्न भएको उनले बताए । बाँकी २२ वटा योजनाका कामहरु केहि सुरु हुँदै, केहि समिती र टेण्डर प्रकृयामा रहेको उनले बताए । ५० लाख बजेटका ६ वटा योजना टेण्डर प्रकृयामा रहेको उनको भनाई छ ।


- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री