बनगाड कुपिण्डे नगरपालिकाको छैटौं नगर सभा सम्पन्न २ वटा ऎन पारित

   
त्रिवेणी अनलाइन
३० मंसिर २०७६, सोमबार २०:२० मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यान ,३० मंसिर । बनगाड कुपिण्डे नगरपालिकाको छैठौं नगर सभा नगरपालिका कार्यालय देवस्थलमा सुरु भएको छ । नगर प्रमुख गोविन्द कुमार पुनको अध्यक्षता भएको कार्यक्रम उद्घाटन नगर प्रमुखले पुनले पानसमा बति बाली उद्घाटन गर्नु भएको थियो । नगर सभामा नगर उप प्रमुख मन्जु यरिले ५७ बुद्धे नीति तथा कार्यक्रम नगर सभामा पेश गर्न भएको छ । निति तथा कार्यक्रममा भनिएको छ । सडक, शिक्षा स्वास्थ, खानेपानी, सिचाइ कुलो, कृषि, पर्यटन लगाएतका महत्व दिएको छ । नगरका गौरवका योजना योजनाहरु कुपिण्डे दहको भौतिक पुर्वाधार र पर्यावरण सरक्षण गरिने , रिङ्ग रोड निर्माण गरिने ,राता चवरमा मिनि रगशाला निर्माण गरिने नगरमा आवश्यकता अनुसार झोलुङ्गे पुलको व्यवस्था गरिने , नयाँ सडक बनाउने भन्दा बनाएका सडको स्तरउन्नति गरि वाह्रै महिना सन्चालन ल्याउने बताएको छ ।

नगरमा कृषि, पशुपालन तर्फ व्यावसायिक नगदे वाली , कृषि र पशु फार्म नर्सरी, तरकारी खेती फलफुल र जडिबुटी खेती प्रशोधनका लागि आवश्यक अनुदानको व्यवस्था गरिएको छ । बिध्यालयमा पढने किशोरीहरुलाइ नि शुल्क स्यानटरी प्याडको वितरण गर्ने अपांग व्यक्तिको लागि सहायक सामाग्री व्यवस्था गर्ने, बिध्यालयको दरबन्दी मिलान गर्ने र अभाव भएको ठाउँमा शिक्षक थप गर्ने , नगरमा स्वच्छ पानी उपलब्धको लागि एक घर एक धारा अवधारणा अनुसार खानेपानी योजना प्राथमिकता दिइने,खानेपानीका मुहानका श्रोत भएका ठाउमा लिफ्ट खानेपानी व्यवस्था गर्ने, नगरको केन्द्र सल्लीबजारमा एक घर एक घाराको व्यवस्था गर्ने ,पर्यटन भ्रमण वर्ष २०२० लाई मध्य केन्द्रित गरि कुपिण्डे ताल सरक्षण सवर्धन गर्ने, एतिहासिक धार्मिक सास्कृतिक क्षेत्र, स्थानीय मौलिक नाछ, बाजा, मठ मन्दिर भाषा सरक्षण गर्ने, उज्यालो नगर उर्जा विकास हाम्रो रहर मुल नाराको सार्थकताको लागि क्षेत्रमा प्राथमिकताको आधारमा विद्युतीयकारण जोड दिने र दुर्गम वस्तिहरुमा वैकल्पिक उर्जा, सोलार प्यान प्रविधि बिस्तार गर्ने , महिला, अपांग,जेष्ठ नागरिक,आदिवासी ,अल्पसंख्यक दलितका लागि सिपमुलक तालीम व्यवस्था गर्ने, छिन्चुजाजरकोट सडकखण्डमा व्यवस्थापन गरि स्मार्ट सिटिको विस्तार गर्ने, सरोकारवाला सबैको सहयोगमा होटल पसल अनुगमन गर्ने, सबै वडामा नेटको पहुच बढाउने सामुदायिक वनहरुलाइ तालिमको व्यवस्था गर्ने, बताएका छ ।

स्थानीय राजपत्रमा प्रकाशित हुने गरि स्थानीय राजपत्र प्रकाशन कार्यविधि २०६७ र बनगाड कुपिण्डे नगरपालिका न्यायिक समिती कार्यविधी सम्बन्धि २०६७ ऎन पारित भएको छ । विधान समिति सयोजक पुरुशोतम आचार्यले पेश गर्नु भएको थियो भने नगर सभामा चालू आ व को ५२ करोड ८१ लाख ३८ हजार रुपैया प्रस्तुत गरिएको छ । जसमा कुल विनियोजन चालू तर्फ रु ३३ करोड २३ लाख र कुल विनियोजन पुजि गत तर्फ १९ करोड २८ लाख ८६ हजार बजेट प्रस्तुत गर्नु भएको छ । आन्तरिक राजस्व ५० लाख, नेपाल सरकार वित्तीय समानिकारण अनुदान ३८ करोड २४ लाख, राजस्व वाडफाड ११ करोड २९ लाख ४२ हजार र प्रदेश सरकार वित्तीय समानिकरण अनुदान १ करोड ५ लाख ४४ हजार विनियोजन गरिएको छ । नगर प्रमुख गोविन्द कुमार पुनले नगर सभा समाप्नमा बोल्दै सबैको चेतना स्तर परिवर्तन नहुन्जेल कुनै पनि काम गर्न नसकुने समृद्धि आउनका लागि सम्पुर्ण जनप्रतिनिधि आ आफ्नो ठाउँबाट लाग्नु पर्ने बताएका छन केन्द्र सरकार , प्रदेश सरकार र स्थानीय तहके विनियोजन गरेको बजेटमा सबैले चनाखो भएर भ्रष्टाचार मुक्त गुणस्तरिय बनाउ लाग्न आग्रह गर्नु भएको छ ।

आउदो दिनमा अझै नगरका गौरवको योजना बनाउन सबैले सोछ बनाउन सबैलाई जानकारी बनाउनु भएको छ ।नगर सभामा शुभकामना मन्तव्य ४ न वडा अध्यक्ष मोमत रोका, पत्रकार इन्द्र बुढाथोकी र दुर्गा बिसिले कार्यक्रम सफलताको शुभकामना व्यक्ति गर्दै नीति तथा कार्यक्रम ल्याउने भन्दा कार्यान्वयन तिर जोड दिन सुझाव दिनु भएको छ । कार्यक्रमको स्वागत मन्तव्य निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन खडकाको राख्नु भएको थियो भने सन्चालन नासु हरिश तिरुवाले गर्नु भएको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu