सल्यानमा ३६ जनाले ‘पत्रकार परिचयपत्र’ लिए
मंसिर २९, सल्यान । सल्यानमा ३६ जनाले पत्रकार परिचयपत्र लिएका छन् । सुचना तथा प्रशारण विभाग काठमाडौंको घुम्ती शिविर टोलिले सल्यान खलंगाबाट शनिबार र आइतबार वितरण गरेको पत्रकार परिचयपत्रको कार्ड ३६ जना पत्रकारले लिएका हुन् ।
त्यस्तै एकजना पत्रकारले पुरानो परिचयपत्रलाई नवीकरण गरेका छन् । घुम्ती शिविरमा दुईवटा पुराना अनलाइन नवीकरण भएका छन् भने दुईवटा नयाँ अनलाइन दर्ता भएको सुचना विभागका पवित्र घिमिरे खनालले बताईन् ।
यसैबीच सुचना प्रशारण विभाग र नेपाल पत्रकार महासंघ सल्यान शाखाको आयोजनामा भएको दुर्गम जिल्लाका पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम पनि समापन भएको छ । शनिबार र आइतबार गरि झण्डै ४० जना पत्रकारहरुले तालिम लिएका छन् । तालिममा सहभागी सबैलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
धेरैले पढेको