सल्यान शारदा यातायात प्रालिको प्रथम अधिबेशन, अध्यक्षमा तिरुवा
सल्यान २९, मंसिर ।
सल्यान शारदा यातायात प्रालिको प्रथम अधिबेशन सम्पन्न भएको छ । जिल्लाको श्रीनगरमा प्रालिको प्रथम अधिबेशन तथा साधारण सभा सम्पन्न भएको हो । अधिबेशनले डम्बरसिंह तिरुवाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।
यसको प्रथम उपाध्यक्षमा फत्ते बहादुर बटाला, उपाध्यक्षमा भिमनाथ योगी, महासचिबमा रामचन्द्र गिरी, कोषाध्यक्षमा भिम बहादुर भिम बहादुर बुढाथोकी, सचिबमा अभिमान बिक रहनुभएको छ ।
यस्तै बरिष्ट सदस्यमा नेव बहादुर वली, सदस्यमा शिब सुनार र भरत रेउले रहनुभएको छ । तदर्थ समितीका अध्यक्ष डम्बर सिंह तिरुवाको अध्यक्षतामा भएको अधिबेशनमा अकोरावका कर्णाली प्रदेश अध्यक्ष रमेश कुमार गौतमको प्रमुख आतिथ्यता रहेको थियो । सो अबशरमा बोल्दै प्रमुख अतिथी गौतमले नाफामुखी भन्दा पनि सेवाको भावले लाग्न ब्यबसायीलाई सुझाव दिनुभयो ।


यातायात क्षेत्र आफैमा पनि जोखिमपूर्ण ब्यबसाय भएको बताउदैँ उहाँले नम्र बोलीका साथ यात्रुहरुलाई सेवा दिन सुझाव दिनुभयो । कार्यक्रममा नेको ईन्सुरेन्सका नारायण दाहाल, मानवअधिकारकर्मी रामचन्द्र रेग्मी, कर्मचारीको तर्फबाट प्रशासनिक इन्चार्ज शालिकराम डाँगी, ब्यबसायीको तर्फबाट अभिमान बिक लगाएतले बोल्नुभएको थियो ।


फत्ते बहादुर बटालाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिब डाँगीले गर्नुभएको थियो । सो अबशरमा कर्मचारीहरुलाई पोषाक समेत बितरण गरिएको थियो ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री