सल्यान छत्रेश्वरीको एम्बुलेन्स दुर्घटना : चालकसहित २ जनाकाे मृ’त्यु, २ गम्भीर घाईते

   
त्रिवेणी अनलाइन
२१ मंसिर २०७६, शनिबार १६:५९ मा

मंसिर २१, सल्यान । सल्यान छत्रेश्वरी गाउँपालिकाको एम्बुलेन्सलाइ ट्रकले ठक्कर दिदा चालक सहित एक बच्चाकाे मृ’त्यु भएकाे छ । नेपालगञ्जबाट सल्यान आउदै गरेको गाउँपालिका अन्तरगतको दमाचौर स्वास्थ्य चौकीको एम्बुलेन्सलाइ काठमाडाैंबाट महेन्द्रनगर जाँदै गरेकाे ना ८ ख ५४३२ नम्बरकाे ट्रकले ठक्कर दिदा २ जनाकाे मृत्यु भएकाे छ भने अन्य २ जना गम्भीर घाइते भएका छन् ।

शनिबार दिउँसो साढे २ बजेतिर बाँकेकाे राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ जिरो प्वाइन्टमा ट्रकले ठक्कर दिएपछि एम्बुलेन्स चालक छत्रेश्वरी -२ दहगाउँका अन्दाजी २८ वर्षका चित्र बहादुर सुनारकाे ज्यान गएकाे प्रहरी चाैकी अगैयाका प्रहरी सहायक निरिक्षक राम बहादुर कार्कीले बताए । उनका अनुसार दाङ दंगिशरण गाउँपालिका स्थित एक सुत्केरी महिला र उनका श्रीमान गम्भीर घाइते भएका छन् भने उनकाे बच्चाकाे मृ’त्यु भएकाे छ ।

छत्रेश्वरी -१ का वडा सदस्य प्रकाश हमालका अनुसार शुक्रबार दमाचौरबाट एकजना घाईतेलाई लिएर एम्बुलेन्स नेपालगञ्ज पुगेको थियो । फर्किने क्रममा दाङ दंगिशरणका सुत्केरी महिला, उनका श्रीमान र बच्चालाई लिएर दाङतर्फ आउदै गर्दा दुर्घटना भएको हो ।

लेकाली अनलाईन बाट

तपाइँको प्रतिक्रिया
Array