सल्यानको कुमाख गाँउपालिकामा नेकपा विजयी
१४ मंसिर, सल्यान । कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी भएका छन् ।
शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा बूढाथोेकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २५१ मत पाएका छन् । त्यस्तै राप्रपाले २१ मत पाएको छ भने ६० मत बदर भएको छ ।
कुमाखमालिका ५ यसअघि पनि नेकपाले नै जितेको ठाउँ हो । गत चुनावमा माओवादी केन्द्रका हरि प्रकाश बुढाथोकीले ७८८ मत ल्याएर जितेका थिए भने एमालेले २२९ मत ल्याएको थियो । दुई पार्टी मिल्दाखेरि यसपालि नेकपाको भागमा ७९२ मत परेको छ ।
नेपाली कांग्रेसले अघिल्लो चुनावमा यस वडामा १८० मत मात्रै पाएकोमा यसपालि केही मत बढाएको छ ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






