भोली हुने निर्वाचनको तयारी पुरा, ढुक्क भएर मतदान गर्न आग्रह

   
त्रिवेणी अनलाइन
१३ मंसिर २०७६, शुक्रबार १८:२० मा
[Sassy_Social_Share total_shares="ON"]

१३ मंसिर / दाङमा भोली हुने दुई स्थानको उपनिर्वाचनका लागि तयारी पुरा भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालय दाङले आज बेलुका घोराहीमा पत्रकार सम्मेलन गरी भोलीको निर्वाचन तयारी पुरा भएको जानकारी दिएका हुन् ।

हिजो नै स्थानिय राजनितिक दलका प्रतिनिधी, सरोकारवालाहरु सँग छलफल गरेका कर्मचारी तथा सुरक्षाकर्मीहरुले आज मतदान गर्न लाइनको व्यवस्थापन र मतदाता परिचय पत्र बितरण गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा २ र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा ३४ मतदान स्थल र त्यस भित्र ८२ केन्द्र निर्धारण भएका छन् । सबै स्थानमा गरी साढे सात सय कर्मचारी र २ हजार सुरक्षाकर्मीहरु निर्वाचनका लागि खटिएका छन् ।

निर्वाचनको तयारी सबै पुरा भएको र भोली बिहान ७ बजे देखी बेलुका ५ बजे सम्म मतदान हुने भएको छ । मुख्य निर्वाचन अधिकृत थापाले आचार संहितको पूर्ण पालना गर्न र ढुक्क भएर मताधिकार प्रयोग गर्न सबै मतदाताहरुलाई आग्रह गरे ।

निर्वाचन सकिए पछि घोराही उपमहानगरपालिका १६ को मतपत्र गणना भोली बेलुका देखी नै जिल्ला अदालतको मेलमिलाप हलमा हुने जानकारी दिईएको छ । त्यस्तै प्रदेशसभा सदस्य निर्वाचनको मतपत्रको गणना जिल्ला समन्वय समितिको हलमा हुने व्यवस्था मिलाईएको छ ।

साथै घोराही उपमहानगरपालिका वडा नम्बर १६ को आधारभूत विद्यालय बाहुन डाँडाको निर्वाचन स्थलको (क) मतदान केन्द्रमा सबै जिम्मेवारी महिलालाई दिईएको समेत मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए । यसैविच प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउनका लागि सुरक्षा संबेदनशिलतालाई आधार मानेर जनशक्तिहरु खटाईएको जानकारी दिए ।

निर्वाचन हुने ठाउँका सरकारी विद्यालय बन्द गरिएको र भोली बिहान ५ बजे देखी बेलुका ६ बजे सम्म कुनै पनि सवारीका साधनहरु पास बिना सञ्चालनमा रोक लगाईएको छ । भोली दाङ सहित ३७ जिल्लाका ५२ स्थानमा मतदान हुदै छ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले तोकेको २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र निर्माणको काम सकिएको छ ।

दुई जनप्रतिनिधी छान्न ७३ हजार मतदाता
दाङका दुई स्थानमा भोली हुने उपनिर्वाचनमा ७३ हजार बढी मतदाताहरुले मतदान गर्ने भएका छन् । प्रदेशसभा सदस्य र वडा अध्यक्ष चुन्नका लागि ७३ हजार १ सय ७२ जना मतदाताले मतदान गर्ने भएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा प्रदेशसभा सदस्य चुन्नका लागि ६८ हजार ७ सय १९ जनाले मतदान गर्ने निर्वाचन कार्यालय दाङले जनाएको छ । त्यसैगरी, घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष चुन्नका लागि ४ हजार ४ सय ५३ जनाले भोट हाल्ने छन् ।

प्रदेससभा सदस्य २ को क्षेत्र शान्तिनगर, बबई, दंगिशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १, २, १० र ११ नम्बर पर्दछन् । दुई स्थानमा गरी पुरुष भन्दा महिला मतदाता धेरै रहेका छन् ।

महिला मतदाता ३७ हजार ३ सय ५ जना, पुरुष ३५ हजार ८ सय ५५ जना र एक जना तेस्रोलिंगी रहेका छन् । दुई स्थानको चुनाबका लागि ३४ मतदान स्थल र ८२ केन्द्र तोकिएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ को २ मा ३२ स्थल र ७७ केन्द्र, घोराही १६ मा २ स्थल र ५ केन्द्र निर्धारण भएको छ । प्रदेससभा सदस्य तर्फ १२ राजनितिक दल र २ स्वतन्त्र गरी १४ जना प्रतिस्पर्धा गर्दै छन् भने घोराही १६ मा ५ राजनितिक दल र २ स्वतन्त्र गरी ७ जनाले वडा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ को २ मा प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा र घोराही १६ का अध्यक्ष लछिनप्रसाद बुढाको बिरामीका कारण निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu