बागचौर नगरपालिका वडा नं.११ को दोस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु
मसिंर १२ सल्यान,
बागचौर नगरपालिका वडा नं.११ को दोस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । बागचौर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मोहन खड्काको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघिय संसद टेकबहादुर बस्नेतले,आफ्नो कार्यकाल भित्र खरिबोट,टाट्के हुँदै बाफुखोला सम्मको सडकलाई टु लाइन गराइ सक्ने र सम्पुर्ण वडाहरुमा बिधुतिकरण गरि सक्ने बताएका छ्न ।उनले उक्त सडकमा( डिपिआर )तयार गरि सकेको र अब लगत्तै उक्त सडकको काम सुरु गरिने बताए ।पुर्व सामान्य प्रशासन मन्त्री समेत रहेका बस्नेतले पचासौं बर्ष लगाएर भएको जिल्लाको बिकास भन्दा, संघिय गणतन्त्र पछिको बिकास तिब्रगतिमा भएको बताए । खेलकुद उद्घाटन गर्दै बस्नेतले पछिल्लो समय, बिकास संगै विभिन्न खाले बिकृतीहरु पनि बढ्दै आएकाले त्यसको निराकरण गर्न सबै लागी पर्नु पर्ने बताए। कार्यक्रमका बिशिस्ट अतिथि,बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले,बागचौर नगरपालिकाले खेलक्षेत्रलाई विशेष प्राथमिकताका साथ हेरिरहेको बताएका छ्न ।
अन्तरनिहित प्रतिभाको पहिचान गर्द्वै,नगर भित्रका जुन सुकै भुभागमा रहेका प्रतिभाहरुको प्रस्पोटन गराएर खेल क्षेत्रमा भित्र्याउनको लागी प्रत्येक आर्थिक बर्षमा भिभिन्न कार्यक्रमको आयोजना गर्द्वै आएको बताए ।उनले नगर पालिकाको खेल क्षेत्रमा भने जस्तो बिकास नभएपनी,बिस्तारै सुधार हुँदै गएकाले यसमा आफुहरु लागी पर्ने बताए ।उद्घाटन कार्यक्रममा पुराना मौलिक साँस्कृतीक प्रस्तुति प्रदर्शन गर्ने समुहहरुलाई आफ्नो पहिचान जोगाउन अनुरोध गर्दै धन्यवाद दिएका थिय । कार्यक्रमका अर्का अतिथि नेकपाका, कर्णाली प्रदेश सदस्य कृति बहादुर पुन ( प्रकाण्ड)ले खेल क्षेत्रलाई सरकारले विशेष तरिकाले हेर्नु पर्ने बताए,उनले खेल स्वास्थ्य देखी राष्ट्र सम्मको सम्पत्ति भएकाले त्यसको बिकास र संरक्षण गर्ने मुख्य जिम्मा तिनै तहका सरकारको रहेको बताएका थिय ।उनने कम्युनिस्ट सरकारले जनता मुखी काम गर्दै आएकाले मङ्सिर १४ गते हुन गैरहेको उप निर्वाचनमा कम्युनिस्ट पाटिका उम्मेदवार हरुलाई देशै भरिवाट बिजयि गराउन अनुरोध गरेका थिय ।
बागचौर नगरपालिका वडा नं. ११ का वडा सदस्य दिलबहादुर वलिको स्वागत मन्तव्य बाट सुरु भएको दोस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा बागचौर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष घनश्याम शर्मा,१२ का दिपक वलि ३ का टिकाराम केसि,६ का भुपेन्द्रराज वलीले नगर भित्रको खेलक्षेत्रलाई बिकास गर्न आफुहरुले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका थिय ।यस्तै राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य सोभाराम भण्डारी,नेकपा बागचौर नगरपालिका वडा नं. ११ का नेता डिल्ली बुढा लगाएतकाले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिय । मङ्सिर १४ गते सम्म संचालन हुने दोस्रो वडा अध्यक्ष कप खेलकुद उद्घाटन कार्यक्रममा बिभिन्न राजनीतिक दलका नेता,सरकारि कर्मचारी,पत्रकार शिक्षक विद्यार्थी,सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा बिभिन्न प्रतियोगितात्मक खेककुदहरु संचालन गरिने वडा अध्यक्ष मोहन खड्काले जानकारी दिय। बागचौर नगरपालिका वडा नं.११ पानीचौरमा भएको कार्यक्रमको संचालन ११ नम्बर वडा कार्यालयका वडा सचीव डिल्ली घर्तिले गरेका थिय ।
- सल्यानको त्रिवेणीमा बजार अनुगमन : २ लाख बराबरको अखाद्य बस्तु नस्ट
- नेपाल निजामति कर्मचारी युनियन त्रिवेणीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
- सल्यानको त्रिवेणीमा टि.भि. हेर्न आएकी पाँच वर्षिया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
- त्रिवेणी गाउपालिका वडा नं. ६ द्धारा विपन्न ६० जना बालबालिकालाई शैक्षिक साम्रगी वितरण
- सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु
- सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवन न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम काभ्रामा सम्पन्न