सिद्धकुमाख गाउपालिका ४ नम्बर वडाकार्यालय भवनको शिलन्यास
सल्यान १०, मंसिर ।
सल्यानको सिद्धकुमाख गाउपालिका ४ नम्बर वडाकार्यालयको भवन निर्माण कार्य शुरु भएको छ । बहुबर्षिय योजना अन्र्तगत वडाकार्यालयको भवन निर्माणको काम शुरु भएको हो । भवन निर्माणका लागी वडा नम्बर ४ खार्बन कै स्थानिय चेतु सुनार, गुमानसिंह सुनार र देबेन्द्र रोकाले जग्गादान गरेका थिए । रु. १ करोड ८३ लाख रुपैँयाको लागतमा भवन निर्माणको काम शुरु भएको गाउपालिकाका सुचना अधिकारी भिम भण्डारीले जानकारी दिनुभयो ।
भवन निर्माणको जिम्मा प्रकृति÷निसान निर्माण कम्पनीले लिएको छ । यसैबिच भवनको मंगलबार शिलन्यास गरिएको छ । गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मीले भवनको शिलन्यास गर्नुभएको हो । सो अबशरमा उहाँले तोकिएको समयमा गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।
पछिल्लो समय सिद्धकुमाख गाउपालिकाले भौतिक संरचना निर्माणलाई प्राथामिकता दिएको छ । अहिले गाउपालिकाको भवन र ३ नम्बर वडा कार्यालयको भवन निर्माण कार्य जारी रहेको छ । यस्तै वडा नम्बर २ को भवन निर्माणको प्रक्रियामा रहेको छ भने अन्य वडा कार्यालयहरु पूराना भौतिक संरचनाहरु बाट नै सञ्चालन भैरहेका छन् ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







