सल्यानको दानवाङमा पहिलो पटक विद्युत पुग्यो
सल्यान ९, मंसिर ।
सल्यानको दानवाङमा पहिलो पटक विद्युत विस्तार भएको छ । संघीय सरकारबाट विनियोजित १ करोड ५८ लाख रुपैयाँको बजेट अन्तर्गत कपुरकोट गाउँपालिका वडा नम्बर २ दानवाङमा विजुली बत्ती बलेको हो । सोमबार पूर्व सामान्य प्रशासन मन्त्री तथा प्रतिनिधीसभा सांसद टेक बहादुर वस्नेतले विद्युत लाई प्रशार तथा वितरण कार्यक्रमको उद्घाटन गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वस्नेतले जिल्लाभर सम्पूर्ण वस्तीमा विद्युत पुर्याउने कार्यलाई तिब्रताका साथ अगाडी बढाइएको बताउनुभयो ।
उहाँले गाउँमा आएको विद्युतलाई उपयोग गरेर आर्थिक उपार्जनमा लाग्नुपर्ने बताउनुभयो । वस्नेतले स्थानीय सरकारको पुँजीले नभ्याउने योजनाहरुलाई संघीय सरकारले महत्वका साथ कार्यान्वयन गर्ने जनाउँदै स्थानीय सरकारलाई बलियो बनाउन सकिएमा मात्रै समृद्धि हाँसिल गर्न सकिने धारणा राख्नुभयो । कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले पालिकाभित्रका सबै वस्तीमा विद्युत विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै स्थानीय सरकारले खानेपानी, सडक, स्वास्थ्य, शिक्षा, कला संस्कृतीको क्षेत्रमा पनि लगानी गरिरहेको बताउनुभयो ।
कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत हिरालाल भण्डारी, साहित्यकार भद्र सिंह बुढा, कपुरकोट २ का वडाध्यक्ष मान बहादुर राना, १ का वडाध्यक्ष बालाराम खड्का लगाएतले बोल्दै विकट भनीएका बस्तीमा पनि विद्युत सेवा पुग्नु खुसिको विषय भएको बताएका थिए ।
विद्युत विस्तार कार्यक्रममा नेकपा कपुरकोटका सचिव तिर्थराज वस्नेत, कपुरकोट २ का वडा सदस्यहरु तेज बहादुर थापा सिरीस, लिल बहादुर घर्ती, वीवा कामी, खेलकुद विकास समिती कपुरकोटका अध्यक्ष द्रोण केसी, विरेन्द्र मावि कपुरकोटका प्रअ डिल बहादुर नेपाली, पत्रकार महासंघ कर्णालीका सदस्य सन्तोष घर्ती, प्रहरी चौकी कपुरकोटका इन्चार्ज दान बहादुर मल्ल, कपुरकोट बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढा, हेप्की डो संघ सल्यानका अध्यक्ष शेर बहादुर पुन, सरस्वती आधारभुत विद्यालय दानवाङका अध्यक्ष इश्वर बुढा लगाएतको सहभागीता थियो ।
पहिलो पटक गाउँमा विद्युत विस्तार भएको खुसियालीमा स्थानीयहरुले सोरठी र लहरे नाच प्रस्तुत गरेका थिए ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह