सल्यानमा फस्टाउँदै बाख्रा पालन व्यवसाय, वार्षिक ४६ करोड रुपैयाँको बिक्री
मंसिर ७, २०७६ सल्यान : सल्यानमा व्यावसायिक बाख्रा पालन व्यवसायबाट युवाहरुले मनग्य आम्दानी गर्न थालेका छन्। सरकारी निकायबाट समेत सहयोग हुन थालेपछि फर्म नै दर्ता गरेर युवाहरु बाख्रा पालनतर्फ अग्रसर भएका छन्। बाख्रा पालनमा व्यवसायिकता बढेसँगै मासुमा आत्मनिर्भर हुनुका साथै निर्यात समेत हुन थालेको छ। अन्य व्यवसायभन्दा थोरै लगानी र परिश्रमबाट मनग्य आम्दानी हुने भएपछि युवाहरु बाख्रा पालन व्यवसायतिर आर्कािर्षत भएका हुन्। सल्यान वाख्रा पालनका लागि उपयुक्त मानिन्छ। यस जिल्लामा साढे पाँच लाखवटाभन्दा बढी बाख्रा पालन भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख रुपसिंह राईले जानकारी दिए। उनले भने, ‘यहाँ बाख्रा पालनका लागि ६० वटा व्यवसायिक फार्म दर्ता भएर सञ्चालनमा छन्।’ सल्यानमा उत्पादन भएका १३ हजार ७५४ मेट्रिक टन मासुमध्ये खसीबोकाको नौ हजार ३१२ मेट्रिकटन रहेको निमित्त प्रमुख राईले बताए। गत आर्थिक वर्ष साल्यनबाट ४६ हजारवटा खसीबोका जिल्लाबाहिर निर्यात भएको छ। प्रतिगोटा न्युनतम १० हजार रुपैयाँमा बिक्री हुँदा पनि वार्षिक ४६ करोड रुपैयाँको बिक्री भएको पशु सेवा कार्यालयको अनुमान छ। यहाँका खसीबोका पोखरा, काठमाडौंलगायतका प्रमुख शहरहरुमा बिक्रिी हुने गरेको छ।् व्यावसायिक बाख्रा पालनका लागि कृषकहरुलाई आकर्षित गर्न पशु सेवा कार्यालयबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। बाख्रापालन प्रवर्द्धनका लागि साना किसान र व्यावसायिक किसानलाई बर्गिकृत गरी खोर सुधार अनुदान, उन्नत घाँसको बिउ÷बेर्ना वितरण, बजारीकरणका लागि संकलन केन्द्र सञ्चालनमा सहयोग, रोगविरुद्ध निःशुल्क खोप सेवा, कृत्रिम गर्भाधान सेवालगायत प्राविधिक सहयोग दिँदै आएको निमित्त प्रमुख राईले बताए।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






