अश्लिल भिडियो बनाउने तीन युवालाई दाङ प्रहरीले दुई राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लियो
दाङको तुलसीपुरमा प्रहरीले दुई राउन्ड फायरिङ गरेर तीन युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले मोटरसाईकलमा सवार युवा युवतीलाई बन्धक बनाउने तथा अपहरण गरि अश्लिल भिडियो बनाएर फरार युवाहरुलाई पक्राउ गर्न सोमवार विहान दुई राउन्ड फायर गरेको हो ।
तुलसीपुर उपमहागरपालिका वडा नं ३ खमारी निवासी १९ बर्षीय विमल वली, सोही ठाउँ निवासी १९ बर्षीय नविन नेपाली र २६ बर्षीय दुजबहादुर खत्रीलाई नियन्त्रणमा लिन दुई राउन्ड फायरिङ गर्नु परेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिए । डिएसपी योगीले युवा युवतीलाई बन्धक बनाउने र अश्लिल भिडियो बनाउने मध्यका तुलसीपुर ३ कै २३ बर्षीय इश्वर पुन र २० बर्षीय अर्जुन पुन फरार रहेको जानकारी दिएका छन् । उनीहरुको खोजी तीव्र पारिएको प्रहरीले बताएको छ ।
गत शनिवार दिउँसो साढे ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं ३ खमारीस्थित चमेरे गुफाबाट फर्किदै गर्दा तुलसीपुरका एक महिला र पुरुषलाई स्थानीय युवाहरुले बन्धक बनाएर अश्लिल भिडियो बनाएको र त्यो सार्वजनिक गरिदिने भन्दै ५ लाख रुपैंया माग्दै आएका थिए ।
डिएसपी योगीका अनुसार पक्राउ परेका तीन जना र फरार दुई जना समेत गरि ५ जना युवाहरुले मिलेर सडक खण्डदेखि ५० मिटर माथि टाकुरामा अपहरण पछि कुटपिट गर्नुका साथै डर त्रास देखाएर अश्लिलता प्रकट हुने भिडियो बनाएको र त्यसैका आधारमा बार्गेनिङ गर्ने गरेको जानकारी दिए । उक्त दिन ती युवाहरुले सवारी चालक अनुमति पत्र, युवा युवतीका २ थान मोवाईल समेत खोसेर लगेका थिए ।
सोही जाहेरीका आधारमा सोमवार एका विहानै प्रहरी तुलसीपुर ३ खमारी क्षेत्रमा परिचालित भएको र उनीहरु भाग्न खोजेपछि नियन्त्रणमा लिन दुई फायर गर्नु परेको डिएसपी योगीले बताए ।
विहान साढे ७ बजे तिर प्रहरीले दुई राउन्ड गोली फायर गरेर उनीहरुलाई पक्राउ गर्न सफल भएतापनि
घटनामा संलग्न गत शनिवार उनीहरुले मोटरसाईकलमा फर्कदै गरेका एक पुरुष र महिलालाई बन्धक बनाइ अश्लिल भिडियो समेत निर्माण गरि सामाजिक सञ्जालमा सार्वजनिक गरि दिने भन्दै रकमका लागि धम्की दिदै आएको प्रहरीले बताएको छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह