पाँच घन्टा पर्खेर रित्तै फर्कियो डाक्टर केसीलाई लिन गएको हेलिकप्टर
डडेल्धुरामा अनशनरत डाक्टर गोविन्द केसीलाई लिन पुगेको नेपाली सेनाको हेलिकप्टर रित्तै फर्किएको छ।
सोमबार बिहान साढे ८ बजे डडेल्धुरा पुगेको हेलिकप्टर दिउँसो २ बजे रित्तै सुर्खेतका लागि उडेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।
‘सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि लैजान हेलिकप्टर मगाएका थियौं,’ उनले भने, ‘डाक्टर साब मान्नुभएन। उहाँका समर्थकले पनि इच्छाविपरीत लैजान हुन्न भनेपछि हेलिकप्टर फर्काएका हौं।’
डाक्टर केसीले आफूलाई हेलिकप्टरमा काठमाडौं लैजानुभन्दा बरू माग पूरा गर्नुपर्ने बताएका छन्।
अनशनको आठौं दिन आइपुग्दा डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रेको चिकित्सकहरूले बताएका छन्। डडेल्धुरा अस्पतालमा केसीको उपचार सम्भव नभएपछि सुविधासम्पन्न अस्पताल लैजान चिकित्सकहरूले आग्रह गरेका थिए।
यसअघि आइतबार विज्ञप्ति निकालेर डडेल्धुरा अस्पतालले केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको जनाएको थियो।
केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएकाले चिकित्सकीय हैसियतले क्षमताभन्दा बाहिर गएका बखत अस्पतालले कुनैपनि जटिलता व्यवस्थापन गर्न नसक्ने अस्पतालको भनाइ छ।
केसीको थप उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनशक्ति र उपकरण नभएको अस्पतालले जनाएको छ।
‘यस अस्पतालमा थप उपचारका लागि आवश्यक पर्ने आइसियू सेवा, एबिजी सेवा, दक्ष जनशक्ति र उपकरण उपलब्ध नभएकाले उहाँको स्वास्थ्य स्थितिको गाम्भीर्यतालाई मध्यनजर गर्दै यहाँबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको छ,’ अस्पतालको विज्ञप्तिमा भनिएको छ।
कात्तिक १८ देखि डाक्टर केसी डडेल्धुरामा १७ औं अनसनमा बसेका छन्। पहिला निजी घरमा अनसन बसेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल ल्याइएको थियो।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






