डाक्टर केसीलाई लिन डडेल्धुरा पुग्यो हेलिकोप्टर ,स्थानीयको अवरोध

२५ कार्तिक २०७६, सोमबार १३:०५ मा प्रकाशित

आठ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीलाई लिन हेलिकोप्टर डडेल्धुरा पुगेको छ। स्वास्थ्यमा समस्या र अस्पतालमा आवश्यक उपचारका सामग्री नभएको अस्पतालले जनाएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ।

त्यसका लागि हेलिकोप्टर डडेल्धुरा पुगेको हो। अहिले हेलिकोप्टर सैनिक ब्यारेकमा राखिएको छ। केसीलाई काठमाडौं लैजाने तयारी भएपछि डडेल्धुरामा आन्दोलन भइरहेको छ। नागरिक समाज डडेल्धुराले डडेल्धुरा बन्दको घोषणा गरेको छ।

बन्दका कारण डडेल्धुरा, डोटी बैतडीलगायतका सात पहाडी जिल्लामा जाने यातायात ठप्प छ। आठ दिनदेखि अनशनरत डाक्टर केसीले विभिन्न माग राख्दै कार्तिक १८ देखि डडेल्धुरा पुगेर अनशन थालेका थिए।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu