सल्यानको बानपा ६ मा वडाध्यक्षकप खेलकुद र सिद्धकुुमाख १ मा विजुली उद्घाटन ।
सल्यानका सम्पुर्ण स्थानीय तह हरुलाई बिधुत बिस्तारमा रकम बिनियोजन नगर्न संघीय संसद तथा पुर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले अनुरोध गर्नु भएको छ ।
मंगलबार भएका दुइ छुट्टाछुट्टै कार्यक्रमको उद्घाटन गर्द्वै उहाँले यस्तो बताउनु भएको हो ।बागचौर नगरपालिका वडा नं.६ को दोस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता र ग्रामीण बिधुत लाइन बिस्तार कार्यक्रम अन्तर्गत शिद्वकुमाख गाउँपालिका वडा नं.१ सतिपोले धानेटाकुरामा उद्घाटन गर्द्वै उहाँले पाँच बर्ष भित्र सल्यान जिल्लाका सम्पुर्ण गाउँ बस्तिमा बिधुत लाइन बिस्तार गरि सक्ने बताउनु भएको हो ।संघिय सरकारले जिल्लाका सबै गाउँ बस्तिमा बिधुत पुर्याउन लागी परेकाले,स्थानीय सरकारलाई बिधुत बिस्तारमा कुनै पनि रकम बिनियोजन नगर्न बरु उक्त रकमलाई अन्य बिकासे कार्यमा लगानी गर्न अनुरोध गर्नु भयो ।संसद बस्नेतले सल्यान जिल्लाको बिकासका लागी बजेटको अभाव भन्दा बजेट बिनियोजन र उपभोक्ताको काम गर्ने तवर तरिकाले प्रभाव पार्ने बताउँनु भयो ।उहाँले तिनै तहका सरकार बाट जनता माझ आउने बिकासका कार्यक्रमहरुमा सबैको समान अधिकार हुने भएकाले त्यसलाई प्रभावकारी बनाई समृद्ध नेपाल बनाउनको लागी सबैलाई आआफ्नो ठाउँबाट लाग्न अनुरोध गर्नु भयो ।बिकासलाई सहि तरिकले चिन्न नसके बिनास हुने खतरा भएकाले त्यस तर्फ पनि सबैले ध्यान दिनु पर्ने बताउँनु भयो ।
अन्तरनिहित प्रतिभाको पहिचान,स्वस्थ जिवन र खेलकुद प्रवर्द्धन हाम्रो अभियान भन्ने मुलनाराका साथ बागचौर नगरपालिका वडा नं. ६ कोटवारा जामुनेचौरमा सुरु भएको दोस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता कार्यक्रमका बिशिस्ट अतिथि लोकमान बुढाथोकीले,नगरपालिका भित्र रहेका प्रतिभाहरुको पहिचान गरि,त्यसको बिकास संगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडीहरुलाई पुर्याउनको लागी आफुहरुले प्रत्येक बर्ष नतिजामुखी कार्यक्रमको आयोजना गर्द्वै आएको बताउँनु भयो ।उहाँले समृद्ध नगरपालिका निर्माण गर्नको लागी खेलकुदको निकै महत्त्वपूर्ण भुमिका रहने भन्दै,अनुशासित र मर्यादित ढंगले खेलकुद संचालन र सहभागिता भैदिनुहुन सम्बन्धित सबैलाई अनुरोध गर्नु भयो ।बागचौर नगरपालिकाका नगर प्रमुख समेत रहनु भएका बुढाथोकीले बिकासको लागी नगरले बिनियोजित गरेको रकम लाई सहि तरिकाले कार्यन्वयन गर्न नगरबासीलाई अनुरोध गर्नु भयो ।
बागचौर नगरपालिका वडा नं.६ का अध्यक्ष भुपेन्द्र राज वलीको अध्यक्षता वडा सदस्य धनबिर वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा बागचौर नगरपालिकाका उपप्रमुख कल्पना पुन,नेपाल कमन्युष्ट पाटीका प्रदेश कमिटी सदस्य कृती बहादुर पुन ( प्रकाण्ड) नेकपा बागचौर नगरकमीटि अध्यक्ष तथा वडा नं.२ का वडा अध्यक्ष घनश्याम सर्मा,४ का प्रेमबहादुर पुन,१२ का दिपक वलि,७ का शेरबहादुर घर्ती,५ का बिक्रम रावत,युवा संघ नेपालका केन्द्रिय सदस्य सोभाराम भण्डारी,संघिय संसद टेकबहादुर बस्नेतका शोकिय सचीव बिष्णु चन्द,नेकपा वडा नं.६ का गोबिन्द बहादुर वली,नेपाली काङ्ग्रेसका वडा सभापति गंगाराम वली लगाएतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्तिक २१ गते सम्म संचालन हुने दोस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रमको संचालन वडा सचीव डिल्ली घर्तीले गर्नु भएको थियो ।
यस्तै शिद्वकुमाख गाउँपालिका वडा नं.१ सतिपोले धानेटाकुरामा भएको ग्रामीण बिधुत उद्घाटन कार्यक्रमका बिशिस्ट अतिथि शिद्वकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले गाउँपालिकाको बिकासमा सबै हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो ।उहाँले जनताको एकरुपताले बिकास अगाडि बढ्ने भएकाले सबैलाई साझा धारणा गराउन अनुरोध गर्नु भयो ।
शिद्वकुमाख गाउँपालिका वडा नं.१ का अध्यक्ष रामबहादुर बस्नेतको अध्यक्षता,वडा सदस्य पुर्णबहादुर थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन दिपक वलीले गर्नु भएको थियो ।
उक्त बिधुत लाईन बिस्तार बाट उक्त स्थानका ४० घर धुरी लाभान्वित हुने वडा अध्यक्ष रामबहादुर बस्नेतले बताउनु भयो ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






