मानवअधिकार शिक्षा कार्यक्रम शारदा र बन्गाड कुपिण्डेमा लागु

   
त्रिवेणी अनलाइन
१७ कार्तिक २०७६, आईतवार २०:०१ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यान १७, कार्तिक ।
सल्यानमा मानव अधिकार शिक्षा कार्यक्रम लागु भएको छ । जिल्लाको शारदा नगरपालिका र बन्गाड कुपिण्डे नगरपालिकामा ३ बर्षका लागी यस कार्यक्रम लागु भएको हो । इन्सेक सल्यानले स्थानियस्तरमा महिला, बालबालिका, दलित तथा पछाडी पारिएका अल्पसंख्यक र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण गर्ने उद्धेश्यका साथ कार्यक्रम लागु भएको जनाएको छ ।

खास गरेर शिक्षा, स्वास्थ्य, खाद्य र आबासको अधिकार संग सम्बन्धीत सरकारी प्राबधानहरुमा पहुँच बृद्धि र स्थानिय सरकार, स्थानिय सञ्जाल तथा निर्णायक प्रक्रियाहरुमा सक्रिय सहभागिता अभिबृद्धि गर्ने उद्धेश्यले पनि यो कार्यक्रम दुई स्थानिय तहमा लागु गरिएको इन्सेक सल्यानका जिल्ला सहजकर्ता रामचन्द्र रेग्मीले बताउनुभयो ।


उहाँले स्थानिय तहहरुमा मानव अधिकार समुह गठन गरेर ती समुहको माध्ययमबाट कामको थालनी गरिने बताउनुभयो । इन्सेकका जिल्ला सहजकर्ता रेग्मीको अध्यक्षतामा भएको परियोजना परिचय तथा मानवअधिकार समुह गठन कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले मानव अधिकारको रक्षाका लागी र महिला, बालबालिका, दलित तथा पछाडी पारिएका अल्पसंख्यक र जोखिममा परेका समुदायलाई पहुँचमा ल्याउन यस कार्यक्रम महत्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामीछाने, शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर बबाल, अनुसन्धान अधिकृत मेघराज खड्का लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण ईन्सेक जिल्ला प्रतिनिधि मीना बुढाथोकीले गर्नुभएको थियो ।

यसैबिच कार्यक्रममा मानव अधिकार समुह पनि गठन गरिएको छ । मुना हमालको अध्यक्षतामा ११ सदस्यीय समुह गठन गरिएको हो । जस्को सदस्य सचिवमा शिव डाँगी रहनु भएको छ । यस्तै सदस्यहरुमा शान्तीप्रभा पुरी, शिशिर न्यौपाने, पन्छी गन्दर्भ, तोरण बुढाथोकी, ओम गिरी, भवानी बुढाथोकी, शान्त बहादुर थापा, बाल बादी, भिमा कवर रहेका छन् । यस्तै नगर भित्रका सबै वडाबाट प्रतिनिधित्व गर्ने गरि थप सदस्यता विस्तार गरि १७ सदस्यीय समुह बनाइने छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu