नेकपाले दाङ ३(२) मा बिमलालाई उम्मेदवार बनाउने
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ कालागि उम्मेदवार टुंगो लगाएको छ ।
आईतबार साँझ बसेको नेकपा सचिबालय बैठकले उपनिर्वाचन हुने उक्त क्षेत्रकालागि बिमला ओलीलाई उम्मेदवार बनाउने भएको हो । त्यस क्षेत्रका प्रदेशसभा सदस्य उत्तर कुमार ओलीको सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनकालागि बिमलालाई उम्मेदवार बनाउने भएको हो । बिमल स्व. ओलीकी श्रीमती हुन् । औपचारिक घोषणा भने केही समयपछि हुँदैछ । दाङबाट सोही क्षेत्रमा उम्मेदवार छनौटकालागि तीन जनाको नाम सिफारिश भएको थियो । जिल्ला पर्टीले ओलीसहित शोभाराम बस्नेत र चूर्णबहादुर ओलीको नाम केन्द्रमा पठाएको थियो ।
त्यस क्षेत्रमा नेकपाको लोकपृयता र बिमलाकालागि सहानुभूतिको मत आउने बिश्लेषकहरुको तर्क छ । स्व.उत्तरकुमार ओलीले कांग्रेसका बुद्धिराम भण्डारीलाई ६ हजार चारसय ३४ मतान्तरले पछि पार्दै बिजयी भएका थिए ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







