सुकुटे बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो
सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका-९ सुकुटेस्थित अरनिको राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ८ जना महिला ४ जना पुरुष र २ जना बालबालिका रहेका छन् । दुर्घटनामा परी ४७ जना घाइते भएका छन् । उद्दारकै क्रममा रहेकाले सबै मृतक र घाइतेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ४६ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । अर्का एक जनालाई पनि स्थानीय स्वास्थ्य संस्थाबाट धुलीखेल पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
नदीमा बस खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उद्दार तथा खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






