दाङ तुलसीपुरमा सवारी दुर्घटनामा १ को मृत्यु ५ घाईते
दाङ तुलसीपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । तुलसीपुर-अमेलिया सडक खण्डको तुलसीपुर उपमहानगरपालिका १२ टरिगाउमा हाईस र अटो ठोकीदा एक जनाको मृत्युभएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहर नाथ योगीका अनुसार दुर्घटनामा परि गम्भीर भएकी दाङ तुलसीपुर उपमहानगरपालिका १६ बस्ने बर्ष २७ कि लक्ष्मी चौधरीको राप्ती प्रादेशिक अस्पतालमा ल्याए लगतै मृत्यु भएको थियो ।
मृतक चौधरीको १७ महिनाकी छोरी आरिसी चौधारीको अबस्था गम्भीर रहेको छ भने सोही घटनामा परि अन्दाजी बर्ष ६० का नाम नखुलेका तुलसीपुर १६ निबासी एक वृद्धको अबस्था गम्भीर भएकोले नेपालगन्ज रेफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
त्यस्तै सामान्य घाईते भएका तुलसीपुर १६ निबासी बर्ष २५ को प्रबिन चौधरी,आटो चालक बर्ष २७ को ग्यान बहादुर चौधरी , घोराही १२ हापुर निबासी बर्ष २३ को बिजय चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।
बा २ ख ३९५९ नम्बरको हाईस र बिपरित दिशाबाट आईरहेको रा १ ह ३५४९ नम्बरको अटो एक आपसमा ठोक्किएका हुन् ।
- Coronavirus disease 2019
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न







