ह’त्याका आरोपित सल्यानमा १३ वर्षपछि पक्राउ
कार्तिक ९, सल्यान । सल्यानमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन्।
जिल्लाको साविक काभ्रा गाविस ३ आरुचौर निवासी ३६ वर्षीय बमबहादुर विकलाई कुटपिट गरी ह’त्या गरेको आरोपमा फरार प्रतिवादी डिलबहादुर पुन पक्राउ परेका हुन्। २०६३ सालमा पुन लगायतका सात जनाले विकको घरमा आई डर त्रास, धाक, धम्की देखाई कुटपिट गरी ह’त्या गरी फरार भएका थिए।
फरार पुनलाई त्रिवेणाी गाउँपालिका १ काभ्रास्थित लुहाम काभ्रा सडक खण्डमा हिडिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। पुनलाई इलाका प्रहरी कार्यालय लुहामको हिसारतमा राखी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
घटनामा संलग्न अन्य छजना अझै फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







