केटी जिस्क्याउँदा टाउकामा २६ टाँका
दमौली : व्यास १ हाइस्कूलटारमा दुई समूहबीच भएको विवादमा परी एक युवा गम्भीर घाइते भएका छन्। मंगलबार राती दुई समूहबीच जम्काभेटका क्रममा भएको विवादमा धारिलो हतियारको प्रहारबाट व्यास १ भादगाउँका १८ वर्षका गणेश वंशी ठकुरी घाइते भएका हुन्।
घटनालगत्तै साथी र स्थानीयले उनलाई दमौली अस्पताल लगेका थिए। उनको टाउकोमा २६ टाँका लगाइएको छ। दमौली अस्पतालमा उपचार पश्चात थप उपचारका लागि ठकुरीलाई पोखरा रिफर गरिएको प्रहरी उपरीक्षक विनोद शिलवालले जानकारी दिए। घटनामा संलग्नहरुमाथि अनुसन्धान भइरहेको उनले बताए।
‘केही संलग्न पक्राउ परेका छन्,’ उनले भने,‘बाँकीको खोजतलास भइरहेको छ।’ घटनालगत्तै संलग्नताको आशंकामा प्रहरीले १० जनालाई पक्रिएको थियो। अनुसन्धानपश्चात अरु छुटे पनि तीन जना प्रहरी नियन्त्रणमै भएको उपरीक्षक शिलवालले जानकारी दिए। बाँकीको खोजी भइरहेको छ।
नृत्य सिक्न गएका र सिकेर फर्केका दुई समूहबीच हाइस्कूलटारमा एक्कासी भेट भएपछि विवाद भएको थियो। युवतीलाई जिस्क्याएको भन्दै एक समूहले ठकुरीलाई आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाइ छ। झण्डै १० को संख्यामा रहेका युवाहरूले ठकुरीमाथि धारिलो हतियार प्रहार गरेका थिए। उनीसँगै रहेका अरु दुई साथी प्रतिवादमा उत्रिएपछि आक्रमण गर्ने समूह फरार भएको थियो।
पीडितबाट जाहेरी नपरे पनि अनुसन्धान अघि बढाइएको प्रहरी नायब निरीक्षक नारायण पौडेलले बताए। घाइते पोखरा अस्पतालबाट आएपछि अनुसन्धान थप अघि बढाउन सहज हुने भनाइ प्रहरीको छ।
व्यास ३ दमौलीमा अर्को झडप भएको छ। बाराही बोर्डिङ स्कूलनजिक झडप हुँदा व्यास ३ का २७ वर्षीय विनोद कार्की घाइते भएका छन्। उनीमाथि आक्रमण गर्ने व्यास १० डिहिगाउँका १८ वर्षीय रमेश कुमाल प्रहरी नियन्त्रणमा छन्।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






