सल्यानको बन्गाड कुपिण्डेबाट १ करोडको खसीवोका निर्यात
सल्यानको पश्चिम क्षेत्रबाट १ करोडको खसीबोका निर्यात भएको छ । जिल्लामा नै बाख्रापालन व्यवसायको लागी पकेट क्षेत्र मानिएको माझकाँडा, कुपिण्डे, निगालचुला र घाँजरीपिपल लगाएतका क्षेत्रबाट १ करोडको खसीवोका निर्यात भएको हो । यी क्षेत्रहरुमा अन्य पेशा भन्दा वढी बाख्रापाल व्यवसायीमा कृषकहरुको आर्कषण छ । बाख्रापालनबाट राम्रो आम्दानी हुनेभएपछि किसानहरु बाख्रापालन ब्यबसायमा जुटेका छन् ।
पछिल्लो समय सल्यान पश्चिम क्षेत्रमा वाख्रपालन व्यवसाय निक्कै फस्टाएको छ । सरोकारवाला निकायहरुबाट कुनै अनुदान नपाए पनि किसानहरु आफ्नै लगानीमा बाख्रा पालनमा लागेका छन् । नगरपालिकामा रहेको कृषि शाखाले पनि खासै सहयोग नगरेको कृषकहरुको गुणासो छ ।
यस बर्षको दशैमा मात्रै १ करोड मूल्य बराबरका खसीवोका यहाँबाट वाहिरीएको स्थानीय व्यापारी रुपलाल परियारले बताउनुभयो । आफुले मात्रै दशैको समयमा २५ लाखको खसीवोका पोखरा र काडमाण्डौ पठाएको उहाँको भनाई छ । यस क्षेत्रबाट ३ सय ५० वढी खसीवोका विक्रि भएको बताईएको छ ।
दशैमा मात्रै कति खसिवोका वाहिरीयो भन्दा यी निकायहरु भेखवर छन् । यहाँ उत्पादन भएका खसीबोकाहरु निक्कै राम्रो र स्वादिष्ट हुने भएकाले वढी माग भएको व्यापारीहरुको भनाई छ । खसीवोकाको तौत हेरेर १५ हजार देखि ५० हजार सम्म मुल्य पर्ने गरेको छ । सल्यान पश्चिम क्षेत्रका खसीवोका नेपालका विभिन्न शहरमा निर्यात हुने गरेको छ ।
- Coronavirus disease 2019
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न







