युटुबबाट किन हट्यो दुर्गेश थापाको तिहार गीत ?
कात्तिक ५, काठमाडौँ । पछिल्लो समय विवादित बनेको ह्याप्पी तिहार बोलको गीत युटुबबाट हटेको छ । गायक दुर्गेश थापाले गाएको सो गीत उनकाे युटुब च्यानलबाट हटेको हो ।
तिहारको देउसीभैलो गीत बिगारेर गाएको आरोपमा मंगलबार थापा पक्राउ परेपछि भिडियो हटेको हो । थापालाई महनागरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार बालाजुबाट पक्राउ गरेको थियो ।

तिहारको देउसीभैलो गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनको सो देउसीभैलो गीतले नकारात्मक सन्देश दिएको भन्दै आलोचना समेत हुँदै आएको थियो । उनको सो गीतमा बियरको प्रचार गर्नुका साथै तिहार, देउसी गाँजा तथा बियर खाएर मनाउनुपर्छ भन्ने सन्देश दिएको छ ।
युटुबबाट गीत हटेपनि थापा अहिले प्रहरी नियन्त्रणमै छन् । गायक थापाकाे च्यानलबाट गीत हटेपनि अन्य केही च्यानलले भने साेही गीत अपलाेड गरेका छन् ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
धेरैले पढेको