भोट अपिल गर्दै सल्यानमा शनि विश्वकर्मको बेजोड प्रस्तुति (फोटो फिचर)
सल्यान । नेपाल लोकस्टार रियालिटी शोको फाइनलमा पुगेका शनि विश्वकर्मा आइतबार सल्यान आएका छन् । शनि जिताउ अभियानलाई साथ दिन सल्यान स्थित केहि मडियाहरुको आग्रहमा शनि सल्यानको श्रीनगर आएका हुन् ।

रेडियो तहल्का, लेकाली अनलाइन र दियो अनलाइनको मिडिया पार्टनरको रुपमा भएको कार्यक्रममा शनिले आफुलाई जिताउन भोट अपिल गर्दै सांगितीक प्रस्तुती राखेका थिए । छिमेकी जिल्ला रोल्पामा जन्मिएका शनिकाे उच्च प्रसंसा गर्दै सल्यानीले पनि अत्याधिक भोट गरेर साथ दिनुपर्ने कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । श्रीनगरमा भएको कार्यक्रममा सहभागीहरुले शनिलाइ सहयोगार्थ रु. २१ हजार ६ सय रकम सहयोग गरेका छन् ।

यसैबीच सोमबार काठमाडौं फर्किन दाङ जान लागेका शनिलाई सल्यानको कपुरकोटमा पनि स्वागत गरिएको छ । जिताउ भन्दै कपुरकोट बासीहरुले बजारमा र्याली निकालेका थिए ।
शनिलाइ भाेट गर्न L २४ टाइप गरेर नेपालमा हुनेले ३७०००, भारतमा हुनेले ५३०१ र कतारमा हुनेले ९२३०० मा म्यासेज सेण्ड गर्न सकिने छ । फाइनलको लागि असोज २५ गते दिउँसो १२:०० बजे देखी सुरु भएकाे भाेट यहि कात्तिक ८ गते दिउँसो १२: ०० बजेसम्म गर्न सक्ने नेपाल लाेक स्टारले जनाएकाे छ ।

- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह