सल्यानमा ३ वटा सामुदायीक वनले एक सय घुरधुरीलाई ग्यास चुलाे वितरण गरे
करिश्मा गिरी/ कार्तिक २, सल्यान । सल्यानमा ३ वटा सामुदायीक वनले एक सय घरधुरीलाई ग्यास चुलाे वितरण गरेका छन् । जिल्लाको शारदा नगरपालिका १३ मा रहेका जामुने बिसौनी सामुदायीक वन उपभोक्ता समिती, फुलबारी सामुदायीक वन उपभोक्ता समिती र साल्नेटा सामुदायीक वन उपभोक्ता समितीले आफ्नो वन उपभोक गर्ने सदस्यलाई प्रतिघर एक-एकका दरले निशुल्क ग्यास चुलाे वितरण गरेका हुन् ।

शुक्रबार शारदा नगर उपप्रमुख सावित्रा बस्नेतको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबा बीच ग्यास चुलाे वितरण गरिएको हो । कार्यक्रममा शारदा नगर कार्यपालिका सदस्य हिमा घर्ति, वडा सदस्यहरु नेब बहादुर डाँगी, पुष्पा नेपाली, नेपाली काँग्रेस शारदा नगर सभापति सचेत शाह, खुसल राज शर्मा, नवराज शर्मा लगाएतको सशभागीता रहेको थियो ।
कार्यक्रममा वन उपभोक्ता समुहका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । सिप बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन निम बहादुर बुढाथोकीले गरेका थिए ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






