दाङका पत्रकार रिजालको मुटुमा समस्या, आर्थिक सहयोगको याचना
दाङ – दाङको देउखुरी क्षेत्रमा क्रियाशील पत्रकार महेश रिजाललाई मुटुमा समस्या देखिएको छ ।
दाङ देउखुरी राप्ती गाउँपालिका वडा नम्बर–१ पुरानो भालुवाङका नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का पार्षदसमेत पत्रकार रिजाल अस्वस्थ भएपछि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र, काठमाण्डौमा स्वास्थ्य परीक्षण गराउँदा मुटुको ३ वटा रक्तनली बन्द भएको देखिएको हो ।
उहाँको उपचारमा संलग्न वरिष्ठ मुटु तथा हृदय रोग विशेषज्ञ डाक्टर राकेशबहादुर अधिकारीले मुटुको अप्रेसन गर्नुपर्ने बताएपछि उहाँ समस्यामा पर्नु भएको हो । मुटुको अप्रेसन र उपचारमा झण्डै ५ लाख खर्च लाग्ने उहाँको उपचारमा संलग्न डाक्टर अधिकारीले बताएको पत्रकार रिजालले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर रहेकाले उपचार गराउन त्यति ठूलो रकम आफूसँग नभएकाले आफूलाई बचाउन उनले सबैमा अपिल गर्नु भएको छ । उहाँले आफ्नो ज्यान बचाइ दिन सरकारी, गैरसरकारी कार्यालय, पत्रकार, शुभचिन्तक सबैमा याचना गर्नु भएको छ ।
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन