गाडीको ब्रेक फेल हुँदा सल्यानकाे दार्मामा ३ जना घाईते
प्रकाश शर्मा / असोज २७, सल्यान । सल्यानमा गाडी दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । जिल्लाको बागचौर नगरपालिका स्थित थारमारे बजारबाट दार्मा गाउँपालिकाको फारुला बजारका लागि हिडेको लु २ च १६७२ नम्बरको निजी डबल क्याफ बोलेरो आइतबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते हुनेहरुमा दार्मा ३ दबाङका चम्फा आली, दार्मा ३ खलाटाकुरीका करुना रोकाय र दार्मा २ का कमला रोकाय रहेका छन् । उनीहरुको अवस्था सामान्य भएको र उपचारको लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको इलाका प्रहरी कार्यालय फारुलाका सहायक प्रहरी निरिक्षक जनक भण्डारीले जानकारी दिए ।
गाडी उकालोमा गुडिरहेको र ब्रेक फेल हुँदा ब्याक सरेर सडकको भित्तामा ठोकिएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
धेरैले पढेको