सिन्धुपाल्चोक बस दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्धार
काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटनाका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । काठमाडौँतर्फ आइरहेको यात्रुबहाक बस बिहान पौने १० बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनाका गम्भीर घाइतेहरुलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ ।

दुर्घटनामा परेर हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका अनुसार घटनास्थलमा ५ जनाको, उपचारमा लाँदै गर्दा एक जना र धुलिखेल अस्पतालमा उपचारको क्रममा पाँच जनाको मृत्यु भएको छ ।

सिपाटारबाट काठमाडौँ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेकाहरुको सनाखत हुन बाँकी रहेको छ ।
डिएसपी माधव काफ्लेका अनुसार घटनास्थलमा घाइते भएका ५१ जनाको उद्धार गरिएको छ
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
धेरैले पढेको