‘घुम्न जाऔँ तुलसीपुर’अभियान शुरु
तुलसीपुर
२४ असोज / तुलसीपुरमा भएका पर्यटकिय स्थलहरुको प्रचारप्रसारका लागि ‘घुम्न जाऔँ तुलसीपुर’अभियानको शुरुवात गरिएको छ ।
सन २०२० को पर्यटन वर्षलाई सफल बनाउन नगरप्रमुख घनश्याम पाण्डेले ‘घुम्न जाऔँ तुलसीपुर’ अभियानको आज उद्घाटन गरेका छन ।तुलसीपुरलाई समृद्ध नगर बनाउनका लागि यो अभियानको शुरुवात गरिएको बताएका छन ।
दाङमा पर्यटनको ठूलो संभावना रहेको हुँदा दाङमा भएका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरे आन्तरिक तथा बाह्य पर्यटन बढाउन सकिने बताएका छन । अभियानमा मनराज पुन र बसन्त भण्डारी तुलसीपुरमा भएका पर्यटकिय स्थलहरुको पर्चा सहित मोटरसाइकल यात्रामा निस्किएका छन । नेपालका करिब ५५ जिल्लामा घुमेर पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने छन । त्यसअवसरमा सिंगापुरमा सम्पन्न एसिया प्यासीफीक फेसन एण्ड फ्रेण्डसिपका बिजेता यान्शु श्रेष्ठलाई सम्मान गरिएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







