blank

सिन्धुपाल्चोकमा बस दुर्घटना : ५ जनाको मत्यु, ५० घाइते

   
त्रिवेणी अनलाइन
२४ आश्विन २०७६, शुक्रबार ११:४२ मा

सिन्धुपाल्चोक : इन्द्रावती गाउँपालिकामा शुक्रबार बिहान बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा ५० बढी घाइते भएको अनुमान गरिएको छ । बस भोटसिपाको तिखुमोडबाट करिब दुई सय मिटर तल खसेको डीएसपी माधव काफ्लेले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन । दसैं मनाएर घर फर्किने र घर पुगेर काममा फर्किने यात्रुको खचाखभ भएकाले मृतकको संख्या अझ बढ्न सक्ने स्थानीय राजु आचार्यले जानकारी दिए ।

घाइतेको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिरहेका छन् ।

तपाइँको प्रतिक्रिया
Array