चिनियाँ राष्ट्रपति सीको भ्रमणका लागि राखिएका पोष्टर च्यात्ने पक्राउ
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका लागि सडक छेउमा राखिएका पोष्टर (फ्लेक्स) च्यात्ने दुई जना पक्राउ परेका छन्। उदयपुरका गोपाल सार्की र रौटहटका राजकुमार ठाकुरलाई तीनकुनेमा राखिएका पोष्टर च्यातेको आरोपमा पक्राउ गरिएको हो। उनीहरूलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ। मंगलबार गोपाल सार्कीले मादक पदार्थ सेवन गरेका बेला उक्त पोष्टर च्यातेको महानगरीय प्रहरी वृत्तका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
त्यही च्यातेको पोष्टरलाई थप तानेर च्यात्ने राजकुमारलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो।
‘पोष्टर च्यात्नु चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई बाधा पुर्याउन लक्षित नभई अन्जानमा भएको हो,’ बोगटीले सेतोपाटीलाई भने, ‘सरकारी सम्पत्ति क्षति गरेकाले पक्राउ गरिएको हो।’
उनीहरूमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







