बालविवाह गर्ने जोडीसहित ७ जना मण्डपबाटै पक्राउ
सल्यान : बालविवाह गराइरहेको आरोपमा प्रहरीले सल्यानको शिद्धकुमाख गाउँपालिकाबाट ७ जनालाई पक्राउ गरेको छ ।
बालविवाह हुँदैगरेको गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले शिद्ध कुमाख गाउँपालिकाको वडा नम्बर ४ चाँदेकरञ्जीबाट उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा वेहुला र वेहुलीसहित उनीहरुका आमाबुवा र पण्डित समेत छन् ।
१९ वर्षीय वेहुला र १९ वषर््ीया वेहुली सहित बेहुलाका बुवा लोक बहादुर बोहरा र आमा माया बोहरा, वेहुलीका वुवा रत्न बहादुर रावत र कलौटी रावत छन् । यसैगरी जाजरकोट कुसे गाउँपालिका ९ घर भएका पण्डित २५ वर्षीय नवीन आचार्य पनि पक्राउ परेका छन् । उनी हाल शिद्धकुमाख गाउँपालिका ४ मा बस्दैआएको प्रहरीले जनाएको छ ।
वेहुलीको घर शिद्धकुमाख गाउँपालिका २ शिद्देश्वरी हो । उनीहरुको बिहीबार स्थानीय परम्परा अनुसार विवाह हुन लागेको थियो । केटी पक्षको घरमा विवाहको सम्पुर्ण काम पूरा गरी विवाह गर्ने र गराउने टोली केटाको घरमा पुगिसकेको थियो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले भने, ‘हामीले उीनहरु सबैलाई दुलाहाको घरमा विवाह समारोह भइरहेको बेला पक्राउ गरेका हौँ ।’ पक्राउ परेका आरोपीहरुलाई पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो ।
यसअघि खैरावांग मन्दिरमा हुन लागेको बालविवाह पनि प्रहरीले रोकेको थियो । शारदा नगरपालिकाकै पिपलनेटामा पनि एक जोडी वालविवाहको फन्दामा परेका थिए ।
बालविवाह गराउनेहरुलाई तीन वर्षसम्मको कैद र ३० हजार रुपैयाँ सम्मको जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।
Annapurna post
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह