जिल्लाका १० वटै स्थानीय तहमा आफनो कार्यकालमा वत्ति वाल्ने घाेषणा

१४ आश्विन २०७६, मंगलवार १९:२७ मा प्रकाशित

दुर्गा वि सि/ आश्विन,१४ सल्यानकाे बन्गाड कुपिण्डे नगरपालिकाकाे वडा,८ बावियाचौरमा संंघिय संसद टेकबहादुर वस्नेतले स्विच थिचेर वत्ति उद्घाटन गर्नु भएको छ । नगरकाे पर्यटकिय क्षेत्र कुपिण्डेकाे वावियाचौर वजार र वडा ८ का वस्तिहरुमा वत्ति पुगेकाे छ ।

एक कार्यक्रमका विच भव्य रुपमा वत्ति वाल्ने काम भएको छ । स्थानीयकाे पुस्तौंदेखिको चाहान पूरा भएको नगर प्रमुख गाेविन्द कुमार पुनले वताउनु भएको छ । नेकपालेे जितेको स्थानीय तहहरुमा विकासले विस्तारै फड्को मारिरहेकाे जनाएको छ । नगरका दुर्गम मानिएका वडाहरुमा सडक सञ्जालले जाेडेकाे र खानेपानी,शिक्षा,स्वास्थ्य,विधुतिकरणकाे काम पनि छिटै फास्ट ट्रयाक मार्फत हुने नगर प्रमुख पुनकाे घाेषणा छ ।

मतादाताहरुसँग भनेका वाचाहरु हामी पूरा गर्न रातदिन खटेकाे जनाउनु भएको छ । त्यसै गरि कार्यक्रमका प्रमुख अतिथि माननीय टेकबहादुर वस्नेतले अाफ्नाे कार्याअबधि भित्र जिल्लाका १० वटै स्थानीय तहमा विधुतिकरण हुने घाेषणा गर्नु भएको छ । यो पर्यटनका क्षेत्रमा ख्याती प्राप्त कुपिण्डे तालकाे विकासका लागि समेत निकै वजेट छुटिएको जनाएको छ । यसकाे संरक्षण प्रचार विकास समेत हुने जनाएको छ ।अाफ्नाे क्षेत्रमा वत्ति पुगे पछि जननिर्वाचित अधिकारिहरु सहि वाेलेकाे र वाचा पूरा गरेको स्थानीयले जनाएका छन् ।

वत्ति उद्घाटन सत्रमा नेकपा नगर अध्यक्ष कृतिवहादुर पुन,सचिव गञ्जमान वुढा,विधुत प्राधिकरणका रामवहादुर शाह,नेपाल राष्ट्रिय शिक्षक संगठनमा कर्णाली प्रदेश उपाध्यक्ष अकबर पुन,९ नं वडा अध्यक्ष इन्द्रबहादुर कुमाइ ,नगर उप प्रमुख मञ्जु यरि लगाएतका महानुभावले मन्तव्य राख्नु भएको थियोे ।वत्ति उद्घाटन कार्यक्रमको अध्यक्षता ८ नं वडा अध्यक्ष कुलवहादुर पुरिले गर्नु भएको थियाे । २५ केविकाे ट्रान्सर्फमर जडान गरेर ३ सय वढि घरधुरीलाई तत्काल वत्ति जडान हुने जनाएकाे छ ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu