blank

माछा मार्न गएका बादीको भेरी नदिमा डुबेर मृत्यु

   
त्रिवेणी अनलाइन
१३ आश्विन २०७६, सोमबार १६:४१ मा

इन्द्र बुढाथोकी असोज १३ सल्यान । माछा मार्न गएको एक व्यक्तिको आइतबार छेडागाड नदिमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट शिवालय गाउपालिका वडा न ९ रातामाटाका अन्दाजी ५३ वर्षका डबले बादिको रहेका छन । आइतबार दिउँसो १ बजे तिर घरबाट माछा मार्न छेडागाड नदिमा गएको साझ अबेर सम्म घर नआए पछि खोजी कार्य जारी राखेको र बिहान सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न २ गोरुघाट नजिकै भेरी नदिमा फेला परेको मृतका भाइ टोपबहादुर बादिले जानकारी दिएका छन । छेडागाडबाट अन्दाजी १२ किलोमीटर तल सल्यानको भेरी नदि गोरुघाट शव लगाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । त्यस क्षेत्रमा अधिकास बादी समुदायले माछा मरेर जीवन गुजारा चलाउने गर्दछन ।

तपाइँको प्रतिक्रिया
Array