सल्यान जिल्ला अस्पतालमा समस्या, आधा पनि डाक्टर छैनन्

५ आश्विन २०७६, आईतवार १९:२५ मा प्रकाशित

असोज ५, सल्यान । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुदाँ बिरामीहरुलाई समस्या भएको छ । कार्यालय सहयोगी सहित कुल ३२ जनाको दरबन्दी भएको जिल्ला अस्पतालमा अहिले १४ जना मात्रै कार्यरत रहेका छन् ।

जसले गर्दा अस्पतालमा उपचारको लागी आउने बिरामीहरुलाई समस्या भएको छ । यहाँ दैनिक १ सय ५० देखी २ सयसम्म बिरामीहरु स्वस्थ्य जाँचको लागी आउने गर्दछन् । दरबन्दी अनुसार ओपिडि हेर्ने ४ जना डाक्टर हुनुपर्नेमा अहिले १ जना मात्रै छन् ।

‘पालो पाइन्छ की भनेर बिहानै आउछौँ, दिनभरी कुर्दा पनि पुरा स्वस्थ्य जाँच हुँदैन्’, उपचारका लागि आएका एक बिरामीले भने । बेडमा सुत्दा पनि डाक्टर आउछन् भन्ने आशमा धेरै समय कुर्नुपर्ने उनले बताए ।

जिल्ला अस्पताल सल्यानमा सल्यान सँगै रुकुम, रोल्पाका जनता सेवा लिन आउने गर्छन । हिजोआज अस्पतालमै पुगेर सेवा लिनुपर्छ भन्ने मानसिकताको विकास भइरहेका बेला विशेषज्ञ डाक्टरबाट सेवा सुविधा नपाउँदा अन्यत्र भौँतारिनु पर्ने बिरामीको बाध्यता छ ।

कर्मचारी समायोजनले समस्या भयो : प्रमुख 

अस्पतालका प्रमुख डा. अर्जुन बुढा मगरले बिगतका दिनमा अस्पतालमा दरबन्दी अनुसारको कर्मचारी भएपनि समायोजन भएर जाँदा समस्या भएको बताए । उनले भने, ‘अस्पतालमा करिब—करिब दरबन्दी अनुसारका नै कर्मचारी थिए, तर समायोजन भएर अहिले सबै गैसकेका छन्, दरबन्दी अनुसार ४ जना डाक्टर हुनुपर्ने अस्पतालमा १ जना मात्रै हुदा समस्या भएको छ ।’

प्रमुख डा. बुढा मगरले स्वास्थ्य सेवा बिभागको बेवास्ताका कारण समस्या भएको बताए । अहिले अप्रेशन, डेलिभरी, ईमरजिन्सी, प्लाष्टर लगाएतका काम एक्लै गर्दा झन् समस्या भएको उनको भनाई छ ।

‘कर्मचारी नहुदाँ समस्या भएको बिषयमा मैले स्वास्थ्य सेवा बिभागमा बेला बेलामा जानकारी गराउदैँ आएको छु’, उनले भने, ‘स्वास्थ्य सेवा बिभागले समयमा नै अस्पातालमा दरबन्दी अनुसारका कर्मचारी नपठाउने हो भने आगामी दिनमा झन् समस्या हुने छ ।’ अस्पतालमा छात्रबृद्धि करारमा १ जना र एनएसआई बाट १ जना डाक्टरले काम गरिरहेकाले केही राहत मिलेको उनको भनाई छ ।

डाक्टर नभएपनि संरचना र सेवामा स्तर वृद्धि

पछिल्लो समय अस्पतालमा डाक्टरको समस्या भएपनि भौतिक संरचनामा सुधार सँगै अस्पतालबाट प्रदान गरिने सेवा भने स्तरीय बन्दै गएको छ । कर्णाली प्रदेशको नमुना ल्याव जिल्ला अस्पतालमा रहेको छ भने दन्त सेवा पनि सुरु गरिएको छ ।

लामो समयको प्रयास पछि जिल्ला अस्पतालमा पहिलो पटक दन्त सेवा सुरु हुन थालेपछि सेवाग्राहीहरु खुसी भएका छन् । दाँतको उपचारको लागि सुविधा सम्पन्न ‘डेण्टल चियर’ राखिएको छ ।

अस्पतालको सेवाप्रति विश्वस्त हुँदै बिरामी आउन थालेपछि दन्त सेवा पनि बिस्तार गरिएको हो । अहिले दाँत सम्बन्धी समस्या भएका बिरामीले सहजै उपचार सेवा पाउन थालेको डेण्टल सर्जन सृजा पोख्रेलले बताइन् ।

दाँत सफा गर्ने, दाँत निकाल्ने जस्ता सेवा प्रदान गर्दै आएको उनको भनाई छ । अस्पताल स्थापना भएको ३४ वर्षपछि अस्पतालमा विशेषज्ञसहितको दन्त सेवा थालिएको जिल्ला अस्पतालका प्रमुख डा. अर्जुन बुढा मगरले बताए ।

जिल्लामा यस अघि सरकारी अस्पतालमा दन्त सेवा नहुँदा दाँतका बिरामीले चर्को मुल्य तिरेर निजी क्लिनिक मार्फत सेवा लिने गरेका थिए । जिल्लाका नागरिकहरुलाई छिटो छरितो र भरपर्दो सेवा दिन दन्त सेवा सुरु गरिएको जिल्ला अस्पताल सल्यानको भनाई छ ।

त्यस्तै बिरामीको चाप बढेसँगै अस्पतालले अहिले ३७ शैया बनाएर सेवा प्रदान गरिएको छ । कर्णली प्रदेश सरकार र शारदा नगरपालिकाको सहयोगमा १५ शैयाको अस्पताललाई २२ शैया थपेर ३७ शैयामा बिस्तार गरिएको हो ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu