ट्याक्टरले वाईकलाई ठक्कर दिदाँ मोटरसाईकिलमा सवार सुनार घाईते
दुर्गा वि.सी./भाद्र,१० सल्यानकोे सल्लीवजारमा ट्याक्टरले मोटर साईकिललाई ठक्कर दिदाँ मोटरसाईकिल सवार बनगाड कुपिण्डे १ राउँचेका १६ वर्षिया निमराज सुनार घाईते भएका छन् । मोटरसाईकिल चालक अमित वराईलीलाई भने समान्य चोट लागेको छ । सल्लीवजारको माथिल्लो वजारमा भे १ त १८२० नं. को ट्याक्टर व्याग गर्दै गर्दा सल्लीचौहजारि सडकको माथितीर जाँदै गरेको भे ५ प ३३५१ नं.मोटरसाईकिललाई ट्याक्टरले ठक्कर दिएको प्रत्यक्ष दर्शिले जनाएका छन् । सुनारको भने दाहिने खुट्टामा चोट लागेको छ । खुट्टा फ्याक्चर भएको हुन सक्ने स्थानी सञ्जवनी सामुदायीक अस्पालतमा कार्यरत डाक्टर शुसिल मण्डलले जानकारि दिनु भएको छ ।
थप उपचारको लागि नेपालगञ्ज लगिएकोे जनाएको छ भने ठक्करदिने ट्याक्टर चालक सते लोहार भने इलाका प्रहरि कार्यलय सल्लीवजारको नियन्त्रणमा रहेको इलाका प्रहरि कार्यालय इन्चार्ज शुसिल रावलले जानकारि दिनु भएको छ । पछिल्लो समयमा सल्लीवजारमा दैनिक दिन दुर्घटनाको संख्यामा क्रमिक वृद्धि हुन थालेको छ ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







