नेपाल निजामति कर्मचारी युनियन त्रिवेणीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

१६ आश्विन २०८१, बुधबार ०६:३९ मा प्रकाशित

नेपाल निजामति कर्मचारी युनियन त्रिवेणी गाउँ कार्यसमिति लुहामको आयोजनामा विजया दशमी, शुभदिपावली र छठ पर्व २०८१ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
युनियन त्रिवेणी गाउँ कार्यसमिति अध्यक्ष तारा बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावत रहनु भएको थियो । त्यस्तै अतिथिहरुमा
उपाध्यक्ष त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष सीता खडका, प्रमुख प्रशासकिय अधिकृत खुम बहादुर के.सी., गाउँपालिकाकै १ देखि ६ नम्बर वडाका वडाअध्यक्षहरु,नेपाल निजामति कर्मचारी युनियनका सल्यानका अध्यक्ष लिलाधर बवाल, सचिव महेन्द्र बस्नेत पुर्व अध्यक्ष रविन्द्र विष्ट रहनुभएको थियो ।

त्रिवेणीको लुहाममा भएको कार्यक्रमक्रममा बोल्ने बक्ताहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्दै विजया दशमी शुभदिपावली र छठ पर्वको शुभकामना व्यक्त गर्दै चाडपर्वमा भड्किला व्यवहार प्रदर्शन नगर्न अनुरोध गरेका थिए साथै प्राकृतिक विपत्तीबाट सुरक्षित रहन सुझायका थिए ।

त्रिवेणी गाउँ कार्यसमितिका सल्लाहकार तथा योजना शाखा प्रमुख श्री अमर सिंह बबालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन नेपाल निजामती कर्मचारी युनियन त्रिवेणी गाउँ कार्यसमिति सचिब शंकर रानाले गर्नु भएको थियो ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu