सल्यानको त्रिवेणी ६ भुमकेज्यूलामा मा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न ।
सल्यानको त्रिवेणी गाउँपालिका पशु सेवा शाखाको आयोजनामा १ दिने पशु स्वास्थ्य शिविर वडा नं. ६ को भुम्केज्यूलामा सम्पन्न भएको छ ।

शिविरमा १ सय ३३ जना कृषकका १ सय २६ गाईगोरु, ६ वटा भैसी, ९ सय ६४ बाख्रा, १ हजार ५ सय ८२ कुखुरा र २ वटा बंगुरलाई निशुल्क उपचार तथा औषधी वितरण गरिएको थियो भने २३ वटा कुकुरलाई रेविज खोप सेवा प्रदान गरिनुका साथै ७ वटा बोकालाई बन्ध्याकरण गरिएको पशु सेवा शाखा प्रमुख बसन्त रावतले बताउनु भयो ।
त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको अध्यक्षता संचालन भएको कार्यक्रम मा ६ नं वडा अध्यक्ष मनोज शाह, वडा सदस्यहरु, वडा सचिव पदम अधिकारीको उपस्थिति रहेको थियो ।
ग्रामीण बस्ती सम्म नै पशु स्वास्थ्य सेवाको पहुँच पुर्याउने लक्ष्य सहित सल्यानको त्रिवेणि गाउँपालिकाले वडा स्तरमै पशु स्वास्थ्य शिविर संचालन गर्दै आएको र यसबाट कृषकहरु मनग्य आम्दानी गर्दै पालिकालाई पशुपालनमा आत्मनिर्भर बनाउने उदेश्यले यस्ता कार्यक्रमहरु ल्याएको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष मनोज शाहले वडाको उक्त स्थानमा पहिलोपटक शिविरको आयोजना गरे पनि आमागि दिनहरुमा निरन्तरता दिने बताउनु भयो ।

- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।





