सल्यान त्रिवेणीका २ जना दाङमा मृत अवस्थामा फेला

   
त्रिवेणी अनलाइन
२० आश्विन २०८०, शनिबार १३:१८ मा

तुलसीपुरमा दुई जना कोठामा मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर ९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका दुई जना आज मृत अवस्थामा भेटिएका हुन् ।
त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का अन्दाजी २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका वडा नम्बर १२ कि अन्दाजी २१ वर्षिय पबित्रा डाँगी मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरलेले जानकारी दिनुभएको छ । आज बिहान अबेर सम्म नउठेपछी घरधनीले प्रहरीलाई खबर गरेका थिए ।

तपाइँको प्रतिक्रिया
Array