त्रिवेणी गाउँपालिक भित्रका सबै घर घरमा फोन नम्बर सहितको स्टिकर टाँस अभियानको शुभारम्भ
सल्यानको त्रिवेणी गाउँपालिकामा कर्णाली विशेष अभियान २०८० अन्तर्गत कर्णाली प्रदेशका घरघरमा फोन नम्बर सहितको स्टिकर टाँस अभियानको शुभारम्भ गरिएको छ। त्रिवेणी गाउँपालिका, ईलाका प्रहरी कार्यालय लुहामको समन्वयमा पालिका भित्रका सबै घर घरमा फोन नम्बर सहितको स्टिकर टाँस अभियानको शुभारम्भ गरिएको हो ।
कर्णाली प्रदेशका सबै नागरिकलाई सुरक्षाको प्रत्याभूति प्रदान गर्न र नागरिकलाई कुनै किसिमको असुरक्षा महसुस भएमा तुरुन्त प्रहरीलाई फोन गर्न सहज होस भन्ने उद्देश्यका लागि कर्णाली प्रदेशका सबै घरमा उक्त स्टिकर टाँस्ने अभियान सञ्चालन गरिएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो ।
‘तपाईंको सूचना, सबैको सुरक्षा’ मूल नाराका साथ सो स्टिकरमा उल्लेख गरिएका नम्बरमा फोन गरी तपाईँको गाउँघरमा कुनै घटना÷दुर्घटना वा सुरक्षा आवश्यक परेमा तुरुन्त प्रहरीलाई खबर गर्न सकिने इलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रेम बहादुर बोहराले बताउनु भयो । प्रहरीको पहिलो दायित्व जनतालाई सुरक्षा, सम्मान र सुशासनको प्रत्याभूति गराउनु रहेको उहाँको भनाई छ ।
नागरिक र प्रहरी दुवैको सहकार्यबाट मात्र शान्ति सुव्यवस्था कायम हुने भएकोले यस कार्यमा नागरिकको सहयोग वा सहकार्य अनिवार्य हुने विश्वास लिएको दाहालको भनाई छ ।
कार्यक्रममा त्रिवेणि गाउँपालका वडा नम्बर ३ का वडा अध्यक्ष कर्ण देब डाँगी, वडा नम्बर ५ का वडा अध्यक्ष बिमल रावत, वडा नम्बर ६ का वडा अध्यक्ष मनोज शाह त्रिवेणि गाउँपालिका वडा नम्बर ६ लुहाम बजार ब्यबस्थापन समितिका अधक्षय बेद बहादुर सुनार लगायतको उपस्थिति रहेको थियो ।
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा