सल्यानको एक वडामा मंसिर १४ गते उपनिर्वाचन हुने
मंसिर १४ गते तिनै तहको उपनिर्बाचन हुदैछ । सल्यानको रिक्त रहेको एउटा स्थानिय तहमा निर्वाचन गराउने भएपछी सल्यानमा पनि उपनिर्वाचन हुदैछ ।
जिल्लाको कुमाख गाउँपालिकाको वडा नम्बर ५ मा रिक्त वडा अध्यक्षको पदमा निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकारी हरीबहादुर बुढाथोकीले बताएका छन।
वडा नम्बर ५ का वडा अध्यक्ष हरीप्रकाश बुढाथोकी जिल्ला समन्वय समिती सल्यानको उपप्रमुखमा निर्वाचित भएपछी त्यहा वडा अध्यक्षको पद रिक्त रहेको थियो। उनी तत्कालीन नेकपा माओबादीबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए।
बुढाथोकी अत्याधिक मतका साथ अध्यक्षमा निर्बाचित बनेका थिए।१८ सय ५३ जना मतदाता रहेको वडामा बुढाथोकीले ७ सय ८८ मत ल्याएर बिजयी भएका थिए।उनका प्रतिद्वन्द्वी तत्कालीन एमालेका अमृत बहादुर शाहले २ सय २९ नेपाली कांग्रेसका उम्मेद्बार खड्क बहादुर बोहराले १ सय ८० मत पाएका थिए।
उक्त वडामा अहिले २२ जनाले थप मतदाता नामावलि भरेपछी अहिले १८ सय ७५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सरकारले उपनिर्वाचनको मिति घोषणा गरेपछी यहि साउन १६ गतेदेखि मतदाता नामावली संकलन कार्य रोकिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
१८ बर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम समापस भएकाले मात्र यस उपनिर्वाचनमा भाग लिन पाउने छन ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







