सल्यानमा घरको छतबाट खसेर एक जनाको मृत्यु
सल्यानमा काम गर्ने क्रममा घरको छतबाट खसेर एक जनाको मत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ दारिमचौरका अन्दाजी ५० वर्षीय डिल्ली बहादुर चनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शुक्रबार दिउँसो शारदा नगरपालिका १ श्रीनगर बजारमा घर ढलान गर्ने सेप्टी बनाउनेक्रममा सेप्टीबाट चिप्लिएर घाइते भएका चनाराको उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । उहाँका अनुसार चनाराको टाउकोमा गहिरो चोट लाग्दा बेहोस भएका थिए ।
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवन न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम काभ्रामा सम्पन्न
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
- सल्यानमा सिकाई स्तर अनुसार शिक्षण विधि प्रभाकारिता बन्दै
- त्रिवेणी गाउँपालिकाले दियो सुनौलो हजार दिनका ८८६ आमालाई पोषण सामग्री
- सुनौलो हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि कुखुरा वितरण
- गायत्री प्राथामिक बिद्यालयले मनायो ३४ औ वार्षिकोत्सब
धेरैले पढेको