सल्यानको त्रिवेणी खोला किनारमा एक पुरुष मृत फेला
फागुन १८,सल्यान
सल्यानको खोला किनारमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको बागचौर नगरपालिका ८ कोटमौला घर भई त्रिवेणी गाउँपालिका ६ लुहाम बजारमा ग्रिल उद्योग सञ्चालन गर्दै आइरहेका अन्दाजी २४ का दिनेश वि.क मृत फेला परेका हुन ।
लुहाम खोला किनारमा बेहोश भएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई स्थानीयले खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताउनु भयो । वि.क.लाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको खनालले जानकारी दिनु भयो ।
घटनाको थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । मृत्तक वि.कले त्रिवेणी गाउँपालिका ६ लुहाममा ग्रिल उद्योग सञ्चालन गर्दै आइरहेका थिए ।
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवन न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम काभ्रामा सम्पन्न
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
- सल्यानमा सिकाई स्तर अनुसार शिक्षण विधि प्रभाकारिता बन्दै
- त्रिवेणी गाउँपालिकाले दियो सुनौलो हजार दिनका ८८६ आमालाई पोषण सामग्री
- सुनौलो हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि कुखुरा वितरण
- गायत्री प्राथामिक बिद्यालयले मनायो ३४ औ वार्षिकोत्सब
धेरैले पढेको