बाख्रापालन सम्बन्धी ३ दिने तालिम सम्पन्न

१७ माघ २०७९, मंगलवार १७:४४ मा प्रकाशित

सल्यानको त्रिवेणी गाउँपालिकामा ३ दिने बाख्रापालन सम्बन्धी तालिम सम्पन्न भएको छ । पशु सेवा शाखाको आयोजनामा कृषकहरुलाई व्यवसायिक बनाउने उदेश्यका साथ माघ १५ गतेदेखी सुरु भएको थियो । तालिममा पालिका भित्रका २२ जना कृषकहरुलाई व्यवहारिक सिप सिकाईएको थियो । बाख्राको खोर ब्यवस्थापन, आहारा व्यवस्थापन, प्रजनन् ब्यवस्थापन, स्वास्थ्य ब्यवस्थापन, आन्तरिक तथा बाह्य परिजिवि नियन्त्रण, पशु बिमाका साथै उत्पादनमा लागत कम गर्ने तरिकाको बारेमा सिकाईएको पशु शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो । तालिममा सिकेका कुराहरु आफुहरुले व्यबहारमा लागु गर्नुका साथै अरुलाई पनि सिकाउन सहयोग गर्ने सहभागीहरुले बताएका थिए । साथै पालिकाले आगामी दिनहरुमा पनि यस्तै किसिमका तालिम तथा कार्यक्रमहरुको आयोजना गरिदिए आफुहरुको बाख्रापालनमा क्रान्ती ल्याई पालिकालाई सम्बृद्ध बनाउने बताएका थिए । तालिमको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा लागु गर्दै सफल कृषक बन्न र तालिममा सिकेका कुराहरुलाई अन्य कृषकहरुलाई सिकाउनको लागी आग्रह गर्नुभयो । साथै पालिकाले कृषि र पशुपालन ब्यवसायलाई विशेष प्राथामिकता राखेर आगमी बर्ष बजेटमा बृद्धि गर्ने बताउनु भयो । यस आ.ब.मा पालिकाले कृषिमा ५५ लाख र पशु शाखाको लागी ४५ लाख बजेट बिनियोजन गरेर काम गरिरहेको छ । तालिमको संचालन पशु शाखा प्रमुख बसन्त रावतले गर्नुभएको थियो ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu