सल्यानमा च्याउ खादा एक बालिकाको मृत्यु
सल्यानमा जंगली च्याउ खाँदा बिरामी भएका मध्ये एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको शारदा नगरपालिका ४ साईलाकम्द बस्ने केशर बस्नेतको छोरी वर्ष अन्दाजी ४ की जोशना बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शुक्रबार जंगलबाट ल्याएको च्याउ खाएर राती बिरामी भएपछि शनिबार बिहान उनी सहित उनका दाईलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याईएको थियो ।
जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागी प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएकोमा जोशनाको मृत्यु भएको हो । जोशना सँगै च्याउ खाएर बिरामी भएका उनका दाई जोन बस्नेतको भने स्वास्थ्य स्वास्थ्य अवस्था सुधार हुँदै गएको प्रहरीले जनाएको छ ।
च्याउ खाएर बिरामी भएका साईलाकम्दका ४० वर्षीया मिना बस्नेत र उनकी छोरी २५ वर्षीया पबित्रा बस्नेतको नेपालगंज रिफर गरिएको छ ।
यस्तै बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका पनि एकैघरका ४ जना जंगली च्याउ खाँदा बिरामी परेका छन् । ४८ वर्षीय भुपबहादुर वली, उनकी श्रीमती ४५ वर्षीया मनकली वली, छोरा २३ वर्षीय प्रकाश वली र बुहारी २१ वर्षीया सुशीला वलीले बिरामी परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
उनिहरुला पनि प्रादेशिक अस्पताल सुर्खेत तर्फ रिफर भएको र अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
- सल्यानमा सिकाई स्तर अनुसार शिक्षण विधि प्रभाकारिता बन्दै
- त्रिवेणी गाउँपालिकाले दियो सुनौलो हजार दिनका ८८६ आमालाई पोषण सामग्री
- सुनौलो हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि कुखुरा वितरण
- गायत्री प्राथामिक बिद्यालयले मनायो ३४ औ वार्षिकोत्सब
- त्रिवेणी गाउँपालिकाद्धारा ३ जना सडक मानवको उद्धार- गा.पा. अध्यक्ष र वडा अध्यक्षले दिए एक महिनाको सुविधा बापतको रकम