५० हजार घुस सहित गंगादेव गाउँपालिकाका इन्जिनियर पक्राउ
रोल्पाको गंगादेव गाउँपालिकामा कार्यरत इन्जिनियर नविन डाँगीलाई अख्तियारले ५० हजार घुस सहित पक्राउ गरेको छ ।
सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले डाँगीलाई सेवाग्राहीसँग ५० हजार घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुस रकमसहित पक्राउ गरेको हो ।
डाँगीलाई गंगादेव गाउँपालिका २, स्थित स्वास्थ्य शाखाको भवनमा रहेको निजको निवासबाट २४ गते सुक्रवार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार अनुसन्धान आयोगले जनाएको छ ।
गंगादेव गाउँपालिकाको प्राबिधिक शाखा प्रमुखको रुपमा कार्यरत इन्जिनियर नविन डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा पक्राउ गरिएको अख्तियार अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका छन् ।
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
- सल्यानमा सिकाई स्तर अनुसार शिक्षण विधि प्रभाकारिता बन्दै
- त्रिवेणी गाउँपालिकाले दियो सुनौलो हजार दिनका ८८६ आमालाई पोषण सामग्री
- सुनौलो हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि कुखुरा वितरण
- गायत्री प्राथामिक बिद्यालयले मनायो ३४ औ वार्षिकोत्सब
- त्रिवेणी गाउँपालिकाद्धारा ३ जना सडक मानवको उद्धार- गा.पा. अध्यक्ष र वडा अध्यक्षले दिए एक महिनाको सुविधा बापतको रकम