नवनिर्वाचित जनप्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण
त्रिवेणी गाउँपालिका सल्यानमा हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय लुहामले मंगलबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलाई प्रमाणपत्र प्रदान गरेको हो ।
त्रिवेणीका निर्वाचन अधिकृत बावुराम नेपाली र गाउँपालिका अध्यक्ष मान बहादुर डांगीले हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यमा निर्वाचित जनप्रतिनिधीलाई संयुक्त रुपमा प्रमाणपत्र प्रदान गर्नुभएको हो । त्रिबेणी गाउँपालिमा नेपाली कांग्रेसका खिम बहादुर रावत ३३६९ मत ल्याएर निर्वाचित हुनु भएको थियो भने उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी सिता खड्का पुन ३१८६ मत ल्याई निर्वाचित हुनु भएको थियो । यस्तै वडा अध्यक्षहरुमा वडा नं. १ मा नेपाली कांग्रेसका दल बहादुर बस्नेत, वडा नं. २ मा नेकपा एमालेका हस्त बहादुर राम्जा, वडा नं. ३ मा नेपाली कांग्रेसका कर्णदेव डांगी, वडा नं. ४ मा नेपाली कांग्रेसका छबिराज शर्मा, वडा नं. ५ मा नेपाली काँग्रेसकै बिमल रावत र वडा नं. ६ मा पनि नेपाली कांग्रेसका मनोज शाह निर्वाचित भएको थियो ।
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
- सल्यानमा सिकाई स्तर अनुसार शिक्षण विधि प्रभाकारिता बन्दै
- त्रिवेणी गाउँपालिकाले दियो सुनौलो हजार दिनका ८८६ आमालाई पोषण सामग्री
- सुनौलो हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि कुखुरा वितरण
- गायत्री प्राथामिक बिद्यालयले मनायो ३४ औ वार्षिकोत्सब
- त्रिवेणी गाउँपालिकाद्धारा ३ जना सडक मानवको उद्धार- गा.पा. अध्यक्ष र वडा अध्यक्षले दिए एक महिनाको सुविधा बापतको रकम