त्रिवेणी गाउँपालिकाद्धारा कृषकलाई वर्षे घाँसको बिउ वितरण
सल्यानको त्रिवेणी गाउँपालिका पशु सेवा शाखाले व्यावसायिक पशुपालन गर्ने किसानलाई निःशुल्क घाँसको बिउ वितरण गरेको छ ।
आइतबार एक कार्यक्रमका बिच ४० जना किसानलाई ४ क्विन्टल रियोसेन्टी जातको घाँसको बिउ वितरण गरिएको हो । घाँसमा आधारित पशुपालन गरी उत्पादन लागत कम गर्ने उद्देश्यले कृषकलाई घाँसको बिउ वितरण गरिएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए ।
कृषकलाई व्यावसायिक रुपमा पशुपालन गरी दुग्ध उत्पादनलाई बढवा गर्ने, दूधबाटै कृषकहरूलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको मुख्य उद्देश्य रहेको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुणा खड्का र वडा न ४ का वडाध्यक्ष छविराज शर्माको समेत उपस्थिति रहेको थियो ।


तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







