रोल्पामा जीप दुर्घटना हुंदा ३ जनाको मृत्यु, ३ जना गम्भीर घाइते
२८-कात्तिक/ रोल्पामा पिकअप जीप दुर्घटना हुंदा चालकसहित तीन जनाको घटना स्थलमै मृत्यु भएको छ भने थप तीन जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान ११ बजेतिर माडी गाउँपालिका ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको यात्रुबाहक पिकअप जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।
घाइतेको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीको भनाइ छ । जीपमा ६ जना यात्रु सवार रहेको बुझिएको छ । साथै घाइतेहरुको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि बाहिरी जिल्ला लैजानको लागि हेलीकप्टरसंग समन्वय भैरहेको प्रहरीले बताएको छ ।
त्यस्तै मृत्यु हुनेको पहिचान भने अझै खुलिसकेको छैन् । जीप दुर्घटना स्थलदेखि साढे ३ सय मिटर तल खसेको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
धेरैले पढेको