सल्यान त्रिबेणीका १ सय १ किसानहरुलाई ४ लाख ९९ हजार अनुदान वितरण
कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत सल्यानको त्रिबेणी गाउपालिकाले १ सय १ किसानहरुलाई अनुदान वितरण गरेको छ । गाउँपालिका भित्र दुध, खसीबोका र अन्डा उत्पादन गर्ने कृषकहरुलाई बिहीवार अनुदान वितरण गरिएको हो । कृषकले गरेको उत्पादनको बजारीकरण गर्ने, प्रतिइकाई उत्पादनको आधारमा अनुदान प्रदान गर्ने, उनीहरुलाई प्रोत्साहन गर्ने, रोजगारी प्रदान गर्ने र कृषकको जीवनस्तरमा सुधार ल्याउने उद्धेश्यले अनुदान वितरण गरिएको गाउपालिकाले जनाएको छ ।
यस अन्र्तगत यस बर्ष गाउपालिका भित्रका कृषकहरुलाई ४ लाख ९९ हजार रुपैँया अनुदान वितरण गरिएको छ । जसमा दुध उत्पादन गर्ने १३ जना कृषकहरुलाई २ लाख ९ हजार ५ सय रुपैयाँ, खसीबोका उत्पादन गर्ने ८९ जना कृषकहरुलाई २ लाख ६९ हजार ५ सय रुपैयाँ र अन्डा उत्पादन गर्ने १ जना कृषकलाई २० हजार रुपैया गरि जम्मा ४ लाख ९९ हजार रुपैँया वितरण गरिएको गाउपालिकाको पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो ।
अनुदान वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी, उपाध्यक्ष करुणा खड्का, वडा नम्बर ४ का वडाअध्यक्ष छबिराज शर्मा लगाएतको सहभागिता रहेको थियो । गाउपालिकाले कृषकको उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान उत्साहित भएका छन् ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।









